ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुरको नीति तथा कार्यक्रमसहित चार अर्ब ८१ करोडको बजेट पारित


एबीसी / संवाददाता

 चितवन, १० असार । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि  चार अर्ब ८१ करोड १२ लाख ६५ हजारको बजेट सर्वसम्मत पारित गरेको छ । महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले नवौँ नगरसभामा आज सो बजेट प्रस्तुत गर्नुभएको थियो । यो बजेट गत बर्षको भन्दा ६५ करोडले बढी छ । गत वर्ष महानगरले  चार अर्ब १५ करोड ६४ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो ।

बजेटमा आन्तरिक आयतर्फ  एक अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाडबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट  ३० करोड, मर्मत सम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट ३/३ करोड आय हुने अनुमान गरिएको छ ।

महानगरले आवमा सबैवडालाई  एक करोड ७० लाखका दरले एकमुष्ठ बजेट ४९ करोड ३० लाख उपलब्ध गराउने भएको छ । शिक्षा विकासमा १२ करोड ५० लाख तथा मर्मत गर्न आवश्यक देखिएका सडकलाई तत्कालै मर्मत गर्न  छ करोड बजेट विनियोजन गरेको छ ।

महानगरले स्वास्थ्यतर्फ नौ करोड, सहकारी तथा रोजगारी प्रबद्र्धनमा  तीन करोड ५० लाख, कृषि तथा पशुपंक्षी विकासमा  आठ करोड ७० लाख, युवा तथा खेलकुदमा रु तीन करोड बजेट विनियोजित छ ।

पचास प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण उपलब्ध गराउने, कृषकहरूलाई साना सिंचाइमा अनुदान, कृषकहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरण गर्ने, कृषि बीमा कार्यक्रमलाई निरन्तरता दिइने लगायतका कृषि विकासतर्फका कार्यक्रम सञ्चालन गर्न  आठ करोड बजेट रहेको छ ।

यसैगरी सभामा महानगरप्रमुख प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पनि सभाले पारित गरेको छ । शहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन पूर्वाधार, उद्योग तथा वाणिज्य, सूचना तथा प्रविधिसँगै युवा तथा खेलकुद क्षेत्रको विकास र निजी क्षेत्रको विकास नीति तथा कार्यक्रममा छ । ‘मध्य नेपालको सुन्दर शहर समृद्ध र सुसंस्कृत भरतपुर महानगरको दीर्घकालिन सोच’सहित अघि वढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com