काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्नुभएको छ । रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राख्नुभएको छ ।अहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएका विष्णु पौडेलले थप उद्योग, वाणिज्य तथा आपूर्ति ,ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै शिक्षा मन्त्रालय सम्हालिहरनुभएका कृष्णगोपाल श्रेष्ठले थप वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्