ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रश्न उठनसाथ प्रधानमन्त्री छोड्ने प्रचण्ड र प्रधानमन्त्री छोड्नपरे कुर्सी भाच्छु भन्ने ओली उस्तै–उस्तै होइन– अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौं, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली ‘भिलेन’ भएको भन्दै आलोचना गर्नुभएको छ । उहाँले प्रतिनिधि सभा विघटन गरेको र एकपछि अर्को असंवैधानिक कदम चालेकोमा प्रधानमन्त्रीको आलोचना गर्नुभएको हो । प्रधानमन्त्री ओलीका कारण देशलाई सुधार गर्ने शक्ति एकठाउँमा उभिएको भन्दै प्रचण्डले ओलीलाई धन्यबाद पनि दिनुभयो ।

आज संघीय संसद भवन बानेश्वरमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै उनले पाँच दलीय गठबन्धन अवसरवादी नभएको बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो –यो गठबन्धन अवसरवादी होइन। उहाँले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन्। यसका लागि ओलीजीलाई धन्यबाद, उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए,’ ।यस्तै प्रचण्डले पाँच दलीय गठबन्धन छलफलपछि मात्रै बनेको र दीर्घकालसम्म रहने पनि दावी गर्नुभयो ।

‘यो पाँच दलीय गठबन्धनविना छलफल बनेको होइन। यो संविधानको रक्षा गर्ने र समय अनुकूल परिमार्जन लैजाँदै जाने भन्ने हो,’ उहाँले भन्नुभयो , ‘लोकतन्त्रको मौलिक विषय रक्षा गर्नुपर्छ। राष्ट्रियताको रक्षाको लागि हो। यो गठबन्धन प्रधानमन्त्री फेर्नको लागि मात्र सम्झौता होइन। यो लोकतन्त्र र संविधान रक्षाको लागि भएको हो।’ उहाँले नेकपा एमालेभित्रको संघर्ष अलि पेचिलो रहेको पनि समेत बताउनुभयो । ‘एमालेभित्रको संघर्ष अलि पेचिलो छ। माधवजीको समस्यालाई हामीले गम्भिरताको साथ लिएका छौं। यो गठबन्धन दीगो रुपमा लैजानुपर्छ,’ उहाले भन्नुभयो । उहाले ओली र माधव नेपाल उस्तै नभएको पनि बताउनुभयो । ‘ओलीले बयलगाडा भन्दै गर्दा गणतन्त्रको झण्डा बोक्ने माधव नेपाल उस्तै–उस्तै होइन।

प्रश्न उठनसाथ प्रधानमन्त्री छोड्ने प्रचण्ड र प्रधानमन्त्री छोड्नपरे कुर्सी भाच्छु भन्ने ओली उस्तै–उस्तै होइन,’ उहाँले भन्नुभयो , ‘हामी विदेशीसँग सुमधुर सम्बन्ध राख्न चाहान्छौं।तर अनावश्यक चलखेल स्वीकार्य छैन भनेको हो।’ उहाँले अहिले नै नयाँ नेतृत्व फुत्त आउने नभई अहिले भइराखेका नेतालाई नै धोइपखाली गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘म भए त बालुवाटार बस्न सक्दैनथेँ। उहाँको के कुरा गर्ने ?,’ ‘मन्त्रीलाई नछोड भन्ने, लाजै नभएपछि के गर्ने?’ उहाँले आफूहरू कुनै सेटिङमा नलागेको बरू सेटिङ भएका छन् भन्नुभयो उहाँले त्यो तोड्ने पनि दावी गर्नुभयो । उहाँले संवैधानिक निकायहरूलाई सरकारले हस्तक्षेप गरी काम गर्न नसक्ने अवस्थामा पुर्‍याएको पनि आरोप लगाउनुभयो । यस्तै उहाँले एमसिसीको विषय ठूलो नभएको र छलफलबाटै टुंग्याइने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com