ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेश स्वीकृत गर्ने तयारीमा राष्ट्रपति– किन पछि हट्दैछ एमाले ?


sharan sharan

काठमाडौ,१४ पुस । विवादित अध्यादेशमा सहमतिका लागि निरन्तर प्रेरित गर्दा पनि दलहरुबीच सहमति नदेखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रियसभा गठनसम्बन्धि अध्यादेश स्वीकृत गर्ने निष्कर्षमा पुगेकी छिन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको विहिबार भएको भेटवार्तामा राष्ट्रपतिले छिटो गाँठो फुकाउन आग्रह गर्दै अब आफू धेरै समय कुर्ने पक्षमा नरहेको जनाऊ दिएकी छिन् ।

लोकतन्त्रमा ताजा जनादेश आइसकेपछि पनि सबै प्रक्रिया अड्किनु सुःखद् सन्देश नभएको भन्दै राष्ट्रपतिले अध्यादेश छिटो स्वीकृत गर्ने पक्षमा रहेको स्पष्ट संकेत गरेकी हुन् । गत २८ मंसिरयता राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवासहित दलका नेताहरुसँग ५ पटकभन्दा बढि अध्यादेशबारे परामर्श गरिसकेकी छिन् ।

यसकारण पछि हट्दै छ एमाले
संविधानमा राष्ट्रिय सभा गठनसम्बन्धी छुट्टै व्यवस्था भए पनि राष्ट्रपति र निर्वाचन आयोगलाई जबर्जस्त दबाब दिएर कांग्रेस ताजा जनादेशलाई अस्वीकार गर्दै नयाँ सरकार गठन रोक्ने षड्यन्त्रमा लागेको एमालेको निष्कर्ष छ । राष्ट्रपतिलाई विवादमा मुछ्ने गरी सडक प्रदर्शन गराउने, अध्यादेश पारितको माग गर्दै सर्वोच्चमा रिट हाल्नेलगायतका कांग्रेसका गतिविधिबारे एमाले नेताहरूले बैठकमा समीक्षा गरेका थिए ।

‘निर्वाचन आयोग सिट सार्वजनिक गरेर राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउन पनि तयार देखिएको छ, तर सर्वोच्चमा मुद्दा हालेर कांग्रेसले परिणाम सार्वजनिक गर्ने प्रक्रिया रोकेर सरकारको आयु लम्ब्याउने र नयाँ सरकार गठन प्रक्रिया नै रोक्ने नियत राखेको विषयमा बैठकमा गम्भीरतापूर्वक विमर्श भयो,’ स्थायी समिति सदस्य किरण गुरुङले भने, ‘राष्ट्रपतिले सहमतिका लागि फिर्ता गर्दा पनि कांग्रेसले लचकता देखाउने संकेत नदेखाएकाले पुनर्विचार गरेर अघि बढ्दा उपयुक्त हुन्छ भन्ने बैठकमा अधिकांशले सुझाब राख्नुभएको छ ।’

राष्ट्रपतिबाट अध्यादेश स्वीकृति भएको अवस्थामा पनि राष्ट्रिय सभा गठनमा दलित, अल्पसंख्यक, अपांगता कोटामा एकल संक्रमणीय लागू नहुने, दुई वर्षपछि एकतिहाइ सदस्य निर्वाचित गर्ने सन्दर्भमा पनि अध्यादेश सान्दर्भिक नहुने एमालेको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com