ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिबाट संविधान जोगाउने हो भने अदालतको भूमिका चाहियो


एबीसी / संवाददाता
असार १०, २०७८ बिहीबार  १ : २१ बजे

काठमाडौँ, १० असार ।  प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि अहिले सर्वोच्च अदालतमा बहस जारी छ ।बुधबारदेखि सुरु भएको बहसमा अहिले रिट निवेदकपक्षका कानुन व्यवसायीले आफ्ना तर्क राखिरहेका छन् ।बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संसद् जोगाउने ब्रमास्त्र नै धारा ७६ को ५ भएको बताउनुभयो ।

उहाँले नेपालमा अहिलेसम्म तीनपल्ट अल्पमतको सरकार बनेको तर्क गर्दै त्यस्ता अल्पमतको सरकार चल्न सक्दैन भनेर धारा ७६ को ५ को प्रावधान राखेको तर्क गर्नुभयो ।“राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान खतरामा छ,” उहाँको तर्क थियो, “राष्ट्रपतिबाट संविधान जोगाउने हो भने न्यायपालिकाको भूमिका चाहियो । होइन भने जनताका प्रतिनिधिले लेखेको संविधान संविधानकै रक्षक र पालक भनिएका व्यक्तिले समाप्त गर्ने भए ।”उहाँले संविधानले दिएका दायित्व निर्वाह नगर्ने, संविधानले नदिएको दाबी पुग्छ कि पुग्दैन भनेर संसदको अधिकार खोसेर मध्यरातमा संसद् विघटन गरिएको भन्दै राष्ट्रपतिबाट संविधान खतरामा रहेको बताउनुभाये ।उहाँँले जनताबाट बनेको पहिलो संविधान रक्षाका लागि अब न्यायपालिकाको भूमिका देखिएको बताएका थिए ।उनले भारतको उदाहरण दिँदै संसद् विघटन गर्न पनि सभामुखको स्वीकृति चाहिने भन्दै यहाँ त अधिवेशन अन्त्य गर्न पनि परामर्श नगरिएको बताउनुभयो । “अब शेरबहादुर देउवालाई प्रधानमन्त्री र संसद् पुनःस्थापना गर्ने आदेश हुनुपर्छ ,” उहाँले भन्नुभयो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com