काठमाडौं,१० साउन । दक्षिणकाली मन्दिर क्षेत्रमा मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले दक्षिणकाली क्षेत्रबाट एक पुरुषलाई पक्राउ गरेको हो । पक्राउ परेका आरोपीलाई केहीबेरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने महाशाखाले जनाएको छ । पशुपन्छीको आवाज नक्कल गर्ने क्षमता भएकी अन्दाजी २७ वर्षीया सन्तोषी कालोपुलमा धर्मबुबासग बस्दै आएकी थिइन् । करिब ९ वर्षको काभ्रेका धर्मबहादुर तामाङले उनलाई चाबहिलमा भेटेका थिए । त्यसपछि सन्तोषीलाई उनले धर्मछोरी बनाएर संरक्षण दिएका थिए । पहिले टेम्पो र फुटपाथमा पसल चलाएका धर्मले पछिल्लो पटक सन्तोषीलाई विभिन्न विद्यालय तथा कार्यक्रममा कला प्रस्तुतिका लागि लैजाने गरेका थिए ।सन्तोषीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको तर आरोपितले प्रारम्भिक सोधपुछमा त्यसलाई इन्कार गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्