काठमाडौं, ९ असार । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अनिश्चित बनेको समयमा स्याङजामा भने अनलाईन कक्षा सुरु हुने भएको छ । वालिङ नगरपालिका वडा नं १३ को वडा शिक्षा समितिको निर्णय अनुसार सबै विद्यालयहरूले अनलाइन कक्षा संचालन गर्ने भएका हुन । अनलाईन कक्षा संचालनका लागि विद्यार्थीहरुको घरमा निशुल्क नेट जडानकालागि कार्यालयले नेट प्रदायक संस्थाहरु संगको सहकार्यमा जडान गर्ने तयारी गरेको हो ।
अनलाइनको माध्यमबाट शिक्षण गर्नका लागि यस वडा भित्रका विद्यालयमा कार्यरत शिक्षकहरुलाई तालिम प्रदान गर्न आधिखोला बहुप्राविधिक शिक्षालय वालिङ १३ संग पनि समन्यवय गरिएको छ । उक्त शिक्षालयले (भोली) विहिवारदेखी विद्याथी शिक्षकहरुलाई तालिम दिने तयारी गरेको वडा अध्यक्ष आनन्द प्रसाद पाठकले जानकारी दिनुभयो ।
अनलाइन कक्षा सञ्चालनका लागि पूर्वाधार तयारी गर्न सहयोग गरिदिनुहुन सम्बन्धित सबै विद्यालय व्यवस्थापन समिति, प्र.अ. शिक्षक विद्यार्थी एव अभिभावकहरुलाई वडा कार्यालयले अनुरोध गरेको छ । विद्यालयले लकडाउनमा पनि विद्यार्थीले आ–आफ्नै घरमा बसेर पढाइलाई निरन्तरता दिन सकून भन्ने उदेश्यले अनलाइनमार्फत पढाउन सुरु गरेको अध्यक्ष पाठकले बताउनुभयो ।
उहाँले यस्तो महामारीमा विद्यालयमा शिक्षक, विद्याथीहरु भौतिकरुपमा उपस्थ्ति भएर शिक्षण गर्न सक्ने अवस्था नभएको हुँदा यो प्रविधिको उच्चतम प्रयोग गर्दै शिक्षण सिकाईलाई प्रभावकारी बनाउने पहल गरेको पाठकले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्