काठमाडौं, ९ असार । जातीय विभेद गर्दै कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त हुनुभएको छ । जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो । उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित सञ्चारकर्मी रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुतसम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो । सञ्चारकर्मी सुनारलाई दलित भएको भन्दै कोठा दिन अस्वीकार गरेको आरोपमा पक्राउ परेकी घरधनीलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा छाडिएको हो । रुपालाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ गरेको थियो । रुपाले दलित भएकै कारण कोठा नदिइको भन्दै प्रहरीमा उजुरी दिनुभएको थियो । पक्राउ परेकी घरधनीलाई छुटाउन बुधबार शिक्षामन्त्री श्रेष्ठ आफै महानगरीय प्रहरी वृत्त सिंहदरबार पुग्नुभएको थियो । घरधनी रिहाइको माग गर्दै बबरमहलस्थित सरकारी वकिलको कार्यालयअगाडिको सडकमा प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्