काठमाडौं, ८ साउन । सर्वोच्च अदालतले कोरोनाविरुद्धको खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो डोज तत्काल लगाउन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश ईश्वर खतिवडाको इजलासले दोस्रो डोज लगाउन सरकारका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको हो। गत फागुनमा सरकारले ज्येष्ठ नागरिकलाई कोरोनाको पहिलो खोप लगाएको थियो ।
तर खोप लगाएको १२ सप्ताह बिते पनि दोस्रो खोप नलगाउँदा ज्येष्ठ नागरिक चिरञ्जीवी गिरी सहितले सरकारलाई विपक्षी बनाई खोप उपलब्ध गराइदिन माग गर्दै रिट निवेदन दिनुभएको थियो। भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप नेपालले थप मात्रा ल्याउन नसक्दा पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।








प्रतिक्रिया दिनुहोस्