ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यासेडोनियालाई ३ – ० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता


एबीसी / संवाददाता

काठमाडौं, ७ असार । नेदरल्यान्ड्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३ – ० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।
जोहान क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन कप्तान जर्जिनियो विनाल्डमले दुई गोल गरे ।

यस्तै मेम्फिस डिपेले एक गोल थपे । खेलको २१ औं मिनेटमा एलेक्सजेण्डर ट्राजकोभस्कीको प्रहार पोस्टमा लाग्दा म्यासेडोनिया अग्रता बनाउन चुकेको थियो ।तर, २४ औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाए । काउन्टर बलमा डोनवेल मालनको पासमा डिपेले गोल गरेका हुन् । उनको यो नेदरल्यान्ड्सका लागि २८ औं गोल हो ।दोस्रो हाफमा कप्तान विनाल्डम चम्किए । ५१ औं मिनेटमा डिपेको पासमा विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको ५८ औं मिनेटमा विनाल्डमले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ३(० को जित दिलाए ।

यस दुई गोलसँगै विनाल्डमले नेदरल्यान्ड्सका लागि २५ औं गोल पूरा गरेका छन् ।यस जितसँगै समूह (सी) को नेदरल्यान्ड्स शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह विजेता बन्ने क्रममा नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोड्यो ।नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो । नर्थ म्यासेडोनिया भने समूह चरणबाटै बाहिरिएको छ । समूहको पुछारमा रहेको म्यासेडोनियाले अंक जोड्न सकेन । पहिलो खेलमा अष्ट्रियासँग ३-१ ले पराजित भएको म्यासेडोनिया दोस्रो खेलमा युक्रेनसँग २-१ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com