काठमाडौं, ७ असार । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका दलबदल गरेका १४ जना जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा पत्र पठाएको छ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पाखेरेलका अनुसार विगतमा पनि सोही व्यवहोराको पत्र सो दलले निर्वाचन आयोगमा पठाइसकेको थियो ।
त्यसबेला केन्द्रीय समितिको अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रत्यायोजन गरेको थियो तर आयोगले पुनः केन्द्रीय समितिको बैठकको निर्णयसहित ताकेता गर्न भनेपछि सोमबार बिहान बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको उहाँले बताउनुभयो ।
आज बिहान बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन आयोगमा सो पत्र पठाउने निर्णय गरेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङले बताउनुभयो । विगतमा पनि पार्टीले पत्र पठाए पनि निर्वाचन आयोगमा त्यसै रहेको थियो उहाँले जानकारी दिनुभयो । स्थानीय तहमा पनि विशेषगरी प्रदेश नम्बर २ का जनप्रतिनिधिहरुले दल परिवर्तन गर्नुभएको छ, उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्