ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रम मन्त्रालयलका सरुवा भएका कर्मचारी अझै पुगेनन् स्थानिय तहमा


sharan sharan

काठमाडौं,१३ पुस । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका कर्मचारीलाई अझ सम्म सरुवा भएको स्थानिय तहमा पुृगेका छैनन् । श्रम मन्त्रालयले काजमा राखेपछि सामान्य प्रशासन मन्त्रालयले अशन्तुष्टि जनाएको छ । गत असोजमा सामान्य प्रशासनले मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएपछि बिभिन्न निकायबाट कर्मचारीको काज सरुवा गरेको थियो ।

श्रम मन्त्रालयको कमाउ अड्डा मानिने ताहाचलस्थित श्रम विभागमा लामो समय बसेका शाखा अधिकृत नरेन्द्र कुँवर, अर्का शाखा अधिकृत राजेन्द्र पौडेल, नायव सुब्बाहरु भुपेन्द्र बस्नेत र शिव गौतमलाई श्रम मन्त्रालयमा काज सरुवा गरिएको हो ।

उनीहरुमध्ये शिव गौतम कांग्रेस समर्थित कर्मचारी युनियनका केन्द्रीय सदस्य हुन् । उनी यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा थिए । आर्थिक चलखेल र पावर लगाएर श्रम कार्यालयमा सेटिङ मिलाउने गरी विवादस्पद कर्मचारीलाई काजमा राखिएको आरोपसमेत लागेको छ ।

खटाएको स्थानीय तहमा अनिवार्य रुपमा जानुपरेमा अटेर गरी रमानापत्र समेत नुबुझी बसेका चारजना कर्मचारीलाई श्रम मन्त्रालयले काजमा तानेर सामान्य प्रशासनको अधिकारमाथि नै चुनौति दिएको आरोप कर्मचारीले लगाएका छन् । नियमतः सामान्य प्रशासनले सरुवा गरेको कर्मचारीलाई अर्को मन्त्रालयले काजमा राख्न पाउदैन ।

 

५ लाख रुपैयासम्मको आर्थिक चलखेलमा काज स्वीकृत गरिएको आरोप कर्मचारीलेनै लगाएका छन् । तर, श्रम मन्त्रालयका सचिव लक्ष्मण मैनालीले भने आवश्यकता परेरनै उनीहरुलाई काजमा राखिएको बताए । आर्थिक चलखेलको आरोप श्रम मन्त्रालयभित्र सामान्य हुने गरेको र त्यस्ता आरोपको अर्थ नरहेको उनले बताए ।

सचिव मैनालीले भने उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयले काजमा सरुवा गरेको थियो । अहिले श्रम विभाग लगायतका ठाउँमा अनुभवी मान्छे भएनन् त्यसैले काजमै तानिएको हो । यसका लागि सामान्यको सहमति चाहिँदैन ।

सचिव मैनालीले नयाँ सरकार नआई कर्मचारीको सरुवा नहुने बताए । उनले ३ महिने काज सरुवाको अवधि सकिएपछि उनीहरुलाई श्रममा राखिएको बताए । तर सामान्य प्रशासन मन्त्रालयले असोजमा सबै कर्मचारीको काज सरुवा गर्दा अवधी नतोकी संघीयता कार्यन्वयनका लागि भनेर पठाएको थियो ।

सामान्यले सरुवा गरेपछि पनि कुँवर लगायतका कर्मचारी खटाएको ठाउँमा नगई बसेको स्रोतले जनाएको छ । उनीहरुले काजमा श्रम मन्त्रालयमा काम गर्न दिएको निवेदन पुस ९ गते सचिव मैनालीले स्वीकृत गरेका थिए । उनीहरु सबैको दरबन्दी श्रम कार्यालयमा थियो ।

मन्त्रालयका एक उच्च अधिकारीले श्रम मन्त्रालयका सचिव मैनाली र सहसचिव तथा श्रम विभागका समते प्रमुख रहेका तेजराज पाण्डेले गैरकानुनी र अनुचित प्रभावमा ती कर्मचारीलाई काजमा झिकाएको आरोप लगाए । कुँवर यसअघि श्रम बिभागमा २ वर्ष बसिसकेका व्यक्ति हुन् ।

श्रम विभाग आर्थिक चलखेल र भ्रष्टाचारमा एक नम्बरमा आउने कार्यालय मानिन्छ । वैदेशिक रोजगारमा जाने कामदारहरुको श्रम स्वीकृति दिने यस कार्यालयमा लाखौंको घुस लेनदेन हुने गर्छ । श्रम स्वीकृतिदेखि एयरपोर्ट सेटिङसम्म यहाँका कर्मचारीको सन्जाल रहेको छ । त्यसैले यो कार्यालयमा आफू अनुकुलका कर्मचारी राख्न मन्त्रालयका उच्च अधिकारीहरुको रुची हुने गर्छ ।

यसैबीच सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले आफ्नो मन्त्रालयका कर्मचारीलाई बढीमा ३ महिनाको काज खटाउने बाहेक अरु सन्दर्भमा कुनै पनि मन्त्रालयले सामान्यको सहमति लिनुपर्ने बताए । सामान्यले असोजमा काज सरुवा गर्दा अवधि नतोकेको उनले बताए ।
यसअघि सामान्य प्रशासन मन्त्रालयले बदर गरेका सरुवाको फाइल समेत अख्तियारले नियत्रन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com