ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामदारमैत्री नियम बनाउनपर्छ : सभापति


admin
असार २६, २०७४ सोमबार   ४ : ४१   बजे

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद् अर्थसमितिका सभापति प्रकाश ज्वालाले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित गर्न कामदारमैत्री नियम बनाउनपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रगतीशील वैदेशिक रोजगार व्यवसायी सङ्घ र नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले संयुक्तरुपमा आयोजना गरेको भेलामा उहाँले सम्झौताअनुसार कार्य नगर्ने स्वदेशी मेनपावर तथा विदेशी रोजगारदाता कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने बताउनुभयो ।

नेकपा ९एमाले० का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका सभापति ज्वालाले कामदार तथा व्यवसायीबीच पारस्परिक सम्बन्ध, सहयोग तथा एकता कायम गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आसन्न निर्वाचनमा वामपन्थी तालमेलले नेतृत्व लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल प्रगतीशील वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले मुलुकमा कूल गार्हस्थ्य उत्पादनको करिब ३१ प्रतिशत र गरिबी निवारणमा ४१ प्रतिशत विप्रेषणको योगदान रहेको जानकारी दिनुभयो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष रामप्रसाद भन्तनाले संशोधनको प्रक्रियामा रहेका वैदेशिक रोजगार ऐन–२०६४ को प्रस्तावित मस्यौदालाई पूर्णरुप दिनुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत तथा पूर्व अध्यक्षद्वय गगन विष्ट र राजेन्द्र अर्याललगायतले यही असार ३० गते हुने सङ्घको निर्वाचनमा समाचार सम्प्रेषणको क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group