ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोकपमा आज पनि तीन खेल: कसको भिडन्त को सँग ?


एबीसी / संवाददाता

काठमाडौं, ५ असार ।  युरोकप फुटबलमा आज पनि तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एफ’ मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।समूह ‘एफ’ मा रहेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित जर्मनीका लागि यस खेल महत्वपूर्ण रहेको छ ।

आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।समूह ‘ई’ को स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

फ्रान्स समूहमा ६ अंक जोडेर अन्तिम १६ मा पुग्न चाहान्छ।

फ्रान्सले हंगेरीलाई पराजित गरेमा नकआउटमा स्थान बनाउनेछ। हंगेरीका लागि भने नकआउटको सम्भावना कायम राख्न फ्रान्सलाई हराउनुपर्ने दबाब छ। यता, घरेलु मैदानमै पोर्चुगलसँग हंगेरी ३–० ले पराजित भएको थियो। हंगेरीले तीनवटै गोल अन्त्यमा गएर खाएको थियो। खेलको ८४ मिनेटसम्म उसले डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई गोल गर्न दिएको थिएन।

हंगेरीले पहिलो हाफमा गरेको उत्कृष्ट प्रदर्शनलाई दोस्रो हाफमा पनि निरन्तरता नै दिएको थियो। खेलपछि उसका प्रशिक्षक मार्को रोस्सीले ८४ मिनेट नभएर ९० मिनेटसम्म लागु हुने गेम प्लान तयार गर्ने बताएका छन्।

फ्रान्स र हंगेरी १६ वर्षपछि भिड्न लागेका हुन्। सन् २००५ मा भएको खेलमा फ्रान्सले हंगेरीलाई २–१ ले पराजित गरेको थियो।

फ्रान्स र हंगेरीबीच विश्वकपमा दुई पटक भेट हुँदा फ्रान्स विजयी भएको छ। सन् १९६४ र १९७२ को युरोकपको क्वालिफाइडमा गरेर यी दुई टोलीबीच चार खेल भएको थियो। जसमा हंगेरीले ३ खेल जित्दा एक खेल बराबरी भएको थियो।

यता, दुई टिमबीच बुडापेस्टमा ८ खेल भएको छ। पछिल्लो पटक १९९० मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले ३(१ ले जित हात पारेको छ। बाँकी ६ खेलमा हंगेरीले आफ्नो राजधानीमा जित हात पारेको छ। एक खेल भने बराबरीमा सकिएको छ। हंगेरीले सन् १९२७ मा बुडापेस्टमा भएको खेलमा फ्रान्सलाई १३/१ ले पराजित गरेको थियो।

फ्रान्ससँग राफाल भराने, पाउल पोग्बा, एनगोलो कान्टे, एन्टोनियो ग्रिजम्यान, कालियन एमबाप्पे, करिम बेन्जामाजस्ता विश्वकै उत्कृष्ट खेलाडी छन्।फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले दुई खेल जित्न सके नकआउटमा छनोट हुने भएकाले त्यही मुख्य लक्ष्य रहेको बताए। उनले हंगेरीलाई मिहिनेती टिम भनेका छन्। हंगेरीले घरेलु मैदानमा खेलिरहेकोले डेसच्याम्पले पोर्चुगलविरुद्धको जस्तै खेलको अपेक्षा गरेका छन्।

‘उनीहरु लडाकु र कडा मेहिनती टोली हुन् र निकै संयोजित छन् उनीहरु घरमा छन् र पोर्चुगलविरुद्ध उनीहरुले देखाएजस्तै प्रतिबद्धता आजको खेलमा देखाउनेछन् भन्ने मेरो अपेक्षा छ। यदी हामीले जित्यौं भने हामी दोस्रो खेलबाटै दोस्रो चरणमा छनोट हुनेछौं। हाम्रो पहिलो लक्ष्य त्यही हो,’ उनले भने।

पछिल्लो ५ खेलमा फ्रान्सले कुनै गोल नखाई जित हासिल गरेको छ। आफ्नो क्लिन सिटलाई छैटौं खेलसम्म लम्ब्याउने पक्षमा फ्रान्स हुनेछ। घरेलु समर्थकको सद्भावले बुडापेस्टमा फ्रान्सविरुद्ध भिड्नका लागि हंगेरीलाई हौसला भने दिनेछ।

हंगेरीका प्रशिक्षक मार्को रोसीले विश्वकप च्याम्पियन टिमसँग खेल्नु ठूलो प्रेरणा हुने बताए। उनले फ्रान्स फेभरेट रहेको र एमबाप्पे जस्ता खेलाडी रहेको बताए। उनले लगभग असम्भव जस्तै काम रहेको तैपनि आफ्नो उत्कृष्ट दिने बताए।

‘हाम्रा लागि यो ठूलो प्रेरणा हो। हामी विश्व च्याम्पियनको कुरा गरिरहेका छौं। जो स्पष्ट दाबेदार हो र जोसँग यो दुनियाँबाहिरका एमबाप्पे छन्। हामी झन्डै असंभव कार्य पछाडि उभिएका छौं, तरपनि हामी आफ्नो तर्फबाट सबै दिन गइरहेका छौं,’ उनले भने।

जर्मनी भर्सेस पोर्चुगल

आजको दोस्रो खेल समूह ‘एफ’ अन्तर्गत पोर्चुगल र जर्मनीबीच म्युनिखमा राति ९स्४५ बजे खेल हुनेछ। साविक विजेता पोर्चुगलले पहिलो खेलमा हंगेरीलाई ३–० गोलले पराजित गरेको थियो भने जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो।

हंगेरीसँगको खेलमा ८४ मिनेटसम्म गोल गर्न नसकेको पोर्चुगलले त्यसपछि ३ गोल गर्दा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। उनले यही खेलमार्फत युरोको इतिहासमै सर्वाधिक धेरै ११ गोल गर्ने किर्तिमान लेखाए।

जर्मनी भने आफैंले गरेको गोलमा पराजित बनेको थियो। जर्मनीलाई फ्रान्सले म्युनिखमा भने निकै दबाबमा राखेको थियो। तर, म्याट हमेल्सले घरेलु मैदानमै आत्मघाती गोल गर्दा फ्रान्स विजयी भएको थियो।

पोर्चुगलको दोस्रो चरणको यात्रा सुनिश्चित गर्नेछ, तर, जर्मनीविरुद्ध उसैको घरेलु मैदानमा जित निकाल्न डिफेन्डिङ च्याम्पियनलाई सहज हुनेछैन। यता, हंगेरीविरुद्धको ३–० को विजयले पोर्चुगललाई अवश्य आत्मविश्वासी बनाएको छ।

पहिलो खेलमा जित हात पारेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुग्ने लक्ष्यमा। पहिलो खेलमा पराजित भएको जर्मनीका लागि आजको खेलमा जित निकाल्नु पर्ने दबाब छ।

सर्वाधिक ३ पटकको युरो विजेता जर्मनी पोर्चुगलसँग पराजित भएमा लगातार दोस्रो पटक ठूलो प्रतियोगिताको समूह चरणबाटै बाहिरिने खतरामा पुग्नेछ।

जर्मन प्रशिक्षक जोआचिम लोका लागि पोर्चुगल नौलो प्रतिद्वन्द्वी होइन। उनी कुनै समय जर्मनीको सहायक प्रशिक्षक थिए। त्यतिबेलादेखि अहिलेसम्म आइपुग्दा उनी ठूला प्रतियोगितामा पोर्चुगलसँग पाँचौपटक भिड्दैछन्।

लोको नेतृत्वमा ठूला प्रतियोगितामा पछिल्ला तीन भिडन्तमध्ये जर्मनीले तीनवटै खेल जितेको छ। जर्मनीले युरो २००८ मा ३–२, युरो २०१२ मा १–० र विश्वकप २०१४ मा ४–० ले पोर्चुगललाई हराएको छ।

यद्यपी, समग्र इतिहास पोर्चुगलका पक्षमा छ। जर्मनीले पोर्चुगलसँग खेलेका पछिल्ला चारै खेलमा जित हात परेको छ। दुई टिमबीच समग्रमा भएका १८ प्रतिस्पर्धमा जर्मनीले १० जित हात पारेको छ भने पाँच खेल बराबरीमा सकिएका छन्। ३ खेलमा मात्र पोर्चुगलले जित हात पारेको छ।

पछिल्ला ६ खेलको नतिजा हेर्ने हो भने पोर्चुगलको लय राम्रो छ। उसले ६ मध्ये ४ खेल जितेको छ र २ खेल बराबरी गरेको छ। यता,जर्मनीले ६ खेलमा ३ जित हासिल गरेको छ, २ खेल हारेको छ र १ खेल बराबरी गरेको छ।

पोर्चुगल र जर्मनी दुबैमा एक से एक स्टार छन्। रोनाल्डोसहित पेपे, डिएगो जोटा, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, रोनाल्डो, जोआ फेलिक्सजस्ता स्टार पोर्चुगलमा छन् भने जर्मनीमा म्यानुअल निउर, म्यान हमेल्स, इल्के गुन्डोगान, टोनी क्रस, थोमस मुलर, सर्जी जनाब्री, काई हार्भट्चजस्ता स्टार छन्।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले जर्मनीसँग आफूहरु नडराउने बताएका छन्। ‘ म जर्मनीसँग तर्सिएको छैन। मलाई लाग्छ, दुबै टिमले एकअर्कालाई सम्मान गर्नेछन्। किनकी, खेलको निर्णय गर्न सक्षम दस्ता दुबैतर्फ छन्,’ सान्तोसले भने।

उनले जर्मनीमै गएर जर्मनीविरुद्ध खेल्दा पोर्चुगललाई फेभरेट मान्नु लाइन क्रस गर्नु भएको बताए। यदि खेलाडी त्यो अवस्थामा गए आफूहरुले बराबरी समेत गर्न नसक्ने बताए।

‘जर्मनीविरुद्ध उसैको घरेलु मैदानमा खेल्दा पोर्चुगलले आफूलाई दाबेदार ठान्नु भनेको लाईन क्रस गर्नु हो। यदी खेलाडीले यस्तो सोचे भने मैले बराबरी नतिजा पनि निकाल्न सक्दिँन,’ उनले भने।

उता जर्मनीका प्रशिक्षक योकिम लो भने पोर्चुगलसँग खेल्नुअघि निकै सचेत छन्। उनले पोर्चुगलसँग रोनाल्डो बाहेक अट्याकमा अरु खेलाडी समेत रहेको र ठूला खेल जित्न सक्षम रहेको बताएका छन्।

‘पोर्चुगलसँग अट्याकमा रोनाल्डो मात्र छैनन्, ४–५ जना क्षमतावान् खेलाडी छन्। उनीहरु आफैं यस्तो ठूला खेलको निर्णय लिन सक्छन्। उनीहरु प्राविधिक रुपमा बलियो छन्। उनीहरुलाई किनारामा राख्न कठिन छ किनकि उनीहरुबाट बल खोस्न कठिन छ।’

दुवै टोली पहिलो जितको खोजीमा

तेस्रो खेलमा राति १२स्४५ बजे समूह ‘ई’ को खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। सेभियामा हुने खेलमा तीन पटकको विजेता स्पेन यस संस्करणमा पहिलो जितको खोजीमा हुनेछ।

पहिलो खेलमा स्पेनलाई स्विडेनले बराबरीमा रोकेको थियो। यस्तै, पोल्याण्डले स्लोभाकियालाई नतिजा सुम्पिएको थियो। यसअघि समूहको खेलमा स्विडेनले स्लोभाकियालाई हराउँदै ४ अंक जोडेको थियो। स्पेनको एक अंक छ भने पोल्याण्ड अंकविहीन छ।

स्पेन र पोल्याण्ड ठूलो प्रतियोगितामा पहिलो पटक खेल्न लागेका हुन्। अहिलेसम्म १० भेटमा स्पेनले १० खेल जितेको छ भने एक खेल पोल्याण्डले जितेको थियो। एक खेल बराबरीमा सकिएको थियो।

स्पेनले पछिल्ला तीन ठूला प्रतियोगितामा क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन। त्यसैले यसपटक स्पेनलाई सोही दवाव पनि रहेको छ।प्रशिक्षक लुइस एनरिकले टोलीका अनुभवी कप्तान सर्जियो रामोसलाई फिटनेसको कारण देखाउँदै टोली बाहिर राखेका छन्।

स्पेनको टिममा नयाँ युवा खेलाडीले बाहुल्याता छ। जर्मनीजस्तो बलियो टोलीविरुद्ध नेसन्स लिगमा ह्याट्रिक पुरा गरेका फेरान टोरेस यही नयाँ पुस्तामा उदाएका छन्।

टोलीसँग अल्भारो मोराटा, जेरार्ड मोरेनो, पेड्री, रोड्री, मार्कोस लोरेन्टे, जोडी अल्वा, पाउ टोरेस, एमेरिक लापोर्टा, सिसर एज्पिलिक्वेटा र गोलरक्षक युनाई सिमोन रहनेछन्। यस्तै, एरिक गार्सिया, थियागो अलकान्तरा, कोकी, ड्यानियल ओल्मो, पाब्लो साराविया, एडमा ट्राओरे र मिकेल ओयरजावाल पनि टोलीमा रहेका छन्।

नेशन्स लिगमा युक्रेनसँग १–० ले स्तब्ध भएको स्पेन त्यसयता युरोकप अघिको अन्तिम अभ्यास खेल स्पेन यु–२१ र लिथुआनियासहित ८ खेलमा अपराजित छ। यही बीचमा स्पेनले जर्मनीमाथि ६–० को सानदार जित हात पारेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com