ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकै खेलमा रोनाल्डोले बनाए तीन कीर्तिमान


एबीसी / संवाददाता

काठमाडौं, २ असार । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हंगेरीविरुद्धको खेलमा तीन कीर्तिमान बनाएका छन् । युरो २०२० को समूह ‘एफ’ अन्तर्गत मंगलबार बुडापेस्टमा भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको थियो ।

पोर्चुगलको जितमा दुई गोल गरेका क्रिस्टियानो रोनाल्डोले युरोपियन फुटबल च्याम्पियनसिप ९युरो०को इतिहासमा दुई अद्भूत कीर्तिमान बनाए । सन् २००४ मा घरेलु मैदानमा भएको युरोबाट प्रतियोगितामा डेब्यु गरेका रोनाल्डो युरोपियन च्याम्पियनसिपको पाँच संस्करणसम्म खेल्ने पहिलो खेलाडी बनेका छन् ।

खेल सुरु हुँदै आफ्नो नाममा एक कीर्तिमान बनाइसकेका रोनाल्डोले आजको खेलमा पोर्चुगललाई जित दिलाउन नसकेको भए पक्कै त्यसको खुशी उनमा हुने थिएन ।

तर, ८४औं मिनेटसम्म ६७ हजार समर्थक अगाडि भएको खेलमा हंगेरीको रक्षापंक्ति पार गर्न नसकेको पोर्चुगलले अन्तिमको ६ मिनेट र इन्जुरी समममा तीन गोल गरेको थियो ।

जसमध्ये दुई गोल रोनाल्डोको नाममा रह्यो । हंगेरियन डिफेन्डर विली ओर्बानले ८७औं मिनेटमा पोर्चुगिज खेलाडी राफा सिल्भामाथि पेनाल्टी एरियामा फाउल गरेपछि भ्रमणकारी टोलीले पेनाल्टी पाएको थियो ।

सोही पेनाल्टीलाई गोलमा परिणत गरेका रोनाल्डो त्यो गोलसँगै युरोपियन फुटबल च्याम्पियनसिपकै सर्वकालिन सर्वाधिक गोलकर्ता बने । त्यो गोल अगाडिसम्म यो कीर्तिमान रोनाल्डो र फ्रेन्च लिजेन्ड माइकल प्लाटिनीको संयुक्त नाममा थियो । सन् १९८४ मा फ्रान्समा भएको युरोको एकै संस्करणमा ९ गोल ठोकेका प्लाटिनीको कीर्तिमानसँग रोनाल्डोले २०१६ मा बराबरी गरेका थिए ।

तर, आजको खेलमा दुई गोल थपेसँगै त्यो कीर्तिमान रोनाल्डोले ११ गोलमा पुर्‍याएर आफ्नै नाममा एकलौटी बनाएका छन् ।

रोनाल्डोको दुई गोल र राफाएल गुरेरोको एक गोलप्रेरित पोर्चुगलले १३ वर्षपछि ठूला प्रतियोगिताको पहिलो खेलमा जित हासिल गरेको छ । यसअघि २००८ को युरोको पहिलो खेलमा पोर्चुगलले टर्कीमाथि २(० को जित हासिल गरेको थियो ।

त्यसयताका तीन विश्व कप र दुई युरोको पहिलो खेलमा पोर्चुगलले जित निकाल्न सकेको थिएन । साविक विजेता पोर्चुगलले २०१६ मा घरेलु टोली फ्रान्सलाई फाइनलमा पराजित गर्दै उपाधि उचालेको थियो ।

हंगेरीविरुद्को खेलमा गोल गरेसँगै रोनाल्डो युरोको लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com