ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण : उपेन्द्र यादव


एबीसी / संवाददाता

काठमाडौं १ असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ । आयोगले दुवै समूहले गरेको कारबाही नीतिगत नरहेको भन्दै कारबाही बदर गर्दै पदाधिकारीलाई पहिलेकै अवस्थामा रहन भनेपछि अध्यक्ष यादव आयोगसँग असन्तुष्ट बन्नुभएको हो । अध्यक्ष यादव समूहले दलसम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार अर्का अध्यक्ष महन्थ ठाकुरलगायत चार जना नेतालाई पार्टी अनुशासनसम्बन्धी कारबाही गर्दै पार्टीको जिम्मेवारीबाट हटाएको थियो । त्यो पत्र अध्यक्ष यादव समूहले अद्यावधिक गर्न भन्दै आयोगलाई पत्र पठाएको थियो । यादव समूहले गएको जेठ १७ गते बसेको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयको प्रतिलिपिसमेत उपलब्ध गराएको थियो ।

आयोगको यो निर्णयले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको आफूहरूको निष्कर्ष रहेको अध्यक्ष यादवले आरोप लगाउनुभएको छ । विज्ञप्तिमार्फत उहाँले राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रूपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको समेत बताउनुभएको छ ।चार जना पदाधिकारी एवम् कार्यकारिणी समिति सदस्यलाई कार्यकारिणी समितिको बैठकको बहुमतले विधिवत् निष्कासन गरी त्यसको अभिलेख अद्यावधिक गर्नका लागि माग गरेकोमा आयोगले पुरानै अवस्था कायम रहने निर्णय गर्नु गलत रहेको उहाँको भनाइ छ ।

जसपा आयोगको निर्णयका विरुद्ध कानुनी लडाईं लड्ने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com