ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् अधिवेशनको तयारी : मूल हलमा प्रतिनिधिसभा र नुप्सेमा राष्ट्रियसभा


sharan sharan

काठमाडौँ, १२ पुस  ।  आगामी संघीय ससदको अधिवेशनका लागि भौतिक संरचना र जनशक्ति व्यवस्थापनबीच तादात्म्यता मिलाउने गृहकार्य अन्तिम चरणमा पुगेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार नयाँ बानेश्वरस्थित विगतको ६०१ सदस्यीय संविधानसभाको बैठक सञ्चालन भएकै हलमा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने तयारी भइरहेको छ ।

हलको मूल स्वरुपमा कुनै परिवर्तन नगरी प्रतिनिधिसभाका २७५ जना सदस्यका अतिरिक्त दुवै सदनको संयुक्त बैठक सञ्चालनसमेत गर्न सकिने गरी सिटको व्यवस्था गरिएको छ । राष्ट्रियसभाका लागि प्रतिनिधिसभाको पूर्वतिरको नुप्से हलको हालको मौलिक संरचनामा केही फेरबदल गरी बैठक बसाल्न सकिने ठाउँ बनाउने कार्य भइरहेको छ । राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ ।

संघीय संसद्को पहिलो बैठक कहिले ?

नयाँ संविधानअनुसार गठन हुनुपर्ने संघीय संसद्का लागि हालै भएको निर्वाचनको अन्तिम परिणाम आउन बाँकी नै रहेको र राष्ट्रियसभा गठनका लागि आवश्यक कानून समयमै जारी गर्न नसकिएका हुँदा तत्कालको आवश्यकता परिपूर्ति गर्न सरकारले अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको छ ।

महासचिव भट्टराईका अनुसार निर्वाचनको परिणाम उपलब्ध र संसद्को औपचारिक स्वरुप निश्चित नभइकन बैठक सञ्चालन गर्न मिल्दैन । आम नागरिकजस्तै सचिवालय पनि त्यो घडीका लागि प्रतिक्षारत छ ।

संघीय सदन सञ्चालन पूर्व निर्वाचित सदस्यमध्येका ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाइनेछ । ज्येष्ठ सदस्यबाट अरु सदस्यले पद तथा गोपनीयताको शपथ लिनु हुनेछ । सभामुख निर्वाचित नहुन्जेलसम्म बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नुहुनेछ ।

निर्वाचनको सबै परिणाम बाहिर आएपछि राष्ट्रपतिबाट औपचारिकरुपमा संघीय सदनको बैठक आह्वान हुनेछ । सचिवालयका अनुसार सबै सांसदले शपथ लिएपछि सभामुखको निर्वाचनको कार्यक्रम अगाडि बढाइनेछ भने राष्ट्रियसभाको बैठक पनि प्रतिनिधिसभाकै अनुसार हुने व्यवस्था छ । दुवै सदनको बैठक शुरु भएसँगै संघीय संसद्को औपचारिक काम भएको मानिनेछ ।

संविधानमा संघीय संसद् र प्रान्तीय संसद् आफँैमा स्वतन्त्र, स्वाधीन र पृथक निकाय रहेकाले र आ–आफ्नै निर्दिष्ट कार्यक्षेत्र तोकिएकाले एकअर्काबीचको कामकारबाहीबारे अनिवार्यरुपमा समन्वय गर्नुपर्ने देखिन्न । संघीय संसद्ले गर्नुपर्ने कामका बारेमा प्रदेश संसद्ले वा प्रदेश संसद्ले गर्नुपर्ने विषयमा संघीय संसद्ले सहमति लिनुपर्ने छैन ।

प्रदेश संसद्बाट जनशक्ति माग भएपनि दिन कठिन

महासचिव भट्टराईका अनुसार अनुभव र क्षमताका दृष्टिकोणबाट संघीय व्यवस्थापिका–संसद् नयाँ प्रयोग र व्यवहारमा आएको प्रदेश संसद्भन्दा सबल छ । यहाँका जनशक्ति आफ्नो क्षेत्रमा विषयगतरुपमा अभ्यस्त र क्षमतावान् छन् ।

प्रदेश संसद्ले आवश्यक ठानी माग गरेमा संघीय संसद्ले आफ्ना कर्मचारीलाई सहयोगार्थ त्यहाँ खटाउन तत्पर रहेपनि नयाँ परिस्थितिमा आफ्नै आवश्यकता ठूलो भएकाले उपलब्ध गराउन कठिन हुने सचिवालयले जनाएको छ ।

राजनीतिकरुपमा राष्ट्रियसभाको ऐनका बारेमा मतभेद देखिएको र निर्वाचनको अन्तिम परिणाम प्राप्त भइनसकेको स्थितिमा संसद्को बैठक यही मितिमा बस्ला भनेर अनुमान गर्न कठिन छ । यद्यपि जतिसक्दो छिटो यसलाई निकास दिनु नै हितकर हुने अपेक्षा गरिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com