ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ख्याल गर्नुस्, चरित्र र सम्पत्ति एकैपटक सकिएला


एबीसी / संवाददाता
जेष्ठ २९, २०७८ शनिबार   ७ : १०   बजे

काठमाडौं, २९ जेठ । सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार ,, यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि ?

विशेषगरी सामाजिक सञ्जालबाट सम्पर्कमा आएका व्यक्तिसँगको अन्तरङ्ग तथा अश्लील संवाद, तस्बिर र भिडियो म्युटिलेट तथा फोटोसप गरी फेसबुक, म्यासेन्जर, टिकटक र युट्युबमार्फत चरित्र हत्या र रकम ‘बार्गेनिङ’को समस्या बढेको छ ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार केही समययता अपरिचित व्यक्तिले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाई बारम्बार भिडियो संवाद गर्ने र प्रेम प्रस्ताव राखी आफैँले अश्लील क्रियाकलाप देखाई सम्बन्धित पुरुष वा महिलालाई उक्साउँछन् ।

एकआपसमा साटासाट गरिएका अश्लील तस्बिर तथा कुराकानी रेकर्ड गरेपछि साइबर अपराधमा फसाइदिन्छु, सामाजिक सञ्जालमा राखिदिने र पारिवारिक सम्बन्ध टुटाइदिनेसम्मको धम्की दिने गरेको पाइएको छ ।

साइबरविज्ञ वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्याल कोरोना बन्दाबन्दीको मौकाछोपी अश्लील क्रियाकलाप गर्न उक्साएर भिडियो बनाउने, तस्बिर साटासाट गर्ने, फोटोसप तथा म्युटिलेट भिडियो सामाजिक सञ्जालमा राखी चरित्र हत्यासँगै रकम बार्गेनिङको समस्या बढेको बताउनुहुन्छ ।

“साइबर अपराधको शिकार हुनबाट जोगिन सर्वसाधारणका लागि पटक–पटक सार्वजनिक जनचेतना गरिँदै आएको छ । तर पनि कतिपयले सामाजिक सञ्जालबाट प्राप्त हुने सूचना सामग्री र प्रस्तावप्रति पूर्ण विश्वास गर्ने भएकाले चरित्र हत्या र ठगी अपराध मौलाएको छ,” उनले भने ।

साइबर अपराधसँग सम्बन्धित दैनिक १८ देखि २७ वटासम्म उजुरी आउने गर्छन् । ब्युरो प्रहरीका अनुसार तीमध्ये एक दर्जन चरित्र हत्या र ठगीका छन् । अश्लील भिडियो र तस्बिर देखाएर नगद बार्गेनिङ कोरोनापछि देखा परेको नयाँ किसिमको अपराध हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group