ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व (फोनबाटै भए पनि सल्लाह गरेर खाँदा राम्रो)


एबीसी / संवाददाता
जेष्ठ २८, २०७८ शुक्रबार   ९ : ३५   बजे

गलकोट, २८ जेठ । अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो ।

पछिल्लो एक वर्षयता देखिएको कोरोना भाइरसले आयुर्वेद औषधिको महत्व उल्लेख्य बढाएको छ । अहिले आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीसमेत व्यस्त देखिन थालेका छन् । कोरोना जितेका अधिकांशले बेसार, गुर्जो, असुरोलगायतको सेवनका कारण कोरोना जितेको अनुभव सुनाउँछन् । सक्रिय सङ्क्रमित सङ्क्रमणको बखत बेसार र गुर्जो पानी नखाने कमै भेटिएका छन् ।

कोरोनाको हालसम्म कुनै औषधि नबनेका कारण कोरोना जित्न सहयोगीका रूपमा आयुर्वेद औषधिको प्रयोग गर्ने क्रम उल्लेख्य बढेको धवलागिरि आयुर्वेद औषधालयले जनाएको छ । कार्यालयले यस क्रममै सङ्क्रमितको हातहातमा आयुर्वेद औषधि पु¥याउने अभियान चलाइरहेको छ । कोरोना सङ्क्रमितलाई अनलाइनमार्फत योगाभ्यास गराउनेदेखि रोग प्रतिरोधात्मक औषधि वितरणसम्मको काम औषधालयले गर्दै आएको धवलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा सरोज रायले बताउनुभयो । “सङ्क्रमितले आफूखुशीसमेत आयुर्वेद औषधि सेवन गरेको पाइएको छ । तर फोनबाटै भए पनि सल्लाह गरेर खाँदा राम्रो हुन्छ, गुर्जो, बेसार, अदुवालगायतका औषधिको समेत मात्र मिलाएर खान आवश्यक हुन्छ, हामीले बारम्बार आइसोलेशन तथा होमआइसोलेशनमा गएर भन्दै र परामर्श गर्दै आयुर्वेदको महत्व दर्शाएका छौँ”, डा रायले भन्नुभयो, “अहिले कार्यालयबाट समेत दैनिक २० देखि ३० जनाभन्दा बढीले हामीले कोरोना जित्न सहयोग गर्र्न बनाएको औषधि प्रयोगका लागि लैजानुभएको छ भने करिब २१२ कोरोना सङ्क्रमितलाई कार्यालयले पालिकासँग समन्वय गरेर औषधि वितरण गरेको छ ।” कोरोनाको पहिलो लहरपछि निरन्तर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिको माग भएको र अहिलेसम्म ७५४ जनाले उक्त औषधि लगेको औषधालयको भनाइ छ ।

कोरोनाले आयुर्वेद औषधिप्रतिको भरोसासमेत बढाउँदै लगेको र लोपोन्मुख जडीबुटीको समेत संरक्षणमा टेवा पु¥याउने उहाँको भनाइ छ । गुर्जो गुमनामजस्तै थियो तर कोरोनामा एकाएक चर्चामा आयो अहिले कतिपय स्थानमा गुर्जोखेतीसमेत गर्दै आएको पाइएको छ । कोरोना सङ्क्रमित भई होमआइसोलेशन तथा आइसोलेशनमा बसेकाले कुनै न कुनै हिसाबले आयुर्वेद औषधि तथा औषधिजन्य पदार्थ सेवन गरेको डा रायको दाबी छ । नेपालका पाँचौँ कोरोना सङ्क्रमित बागलुङकी अंशु सापकोटा र छैटौँ सङ्क्रमित मनकुमारी पौडेलले समेत आत्मबल र आयुर्वेद औषधिको सहारामा कोराना जितेको बताउनुभएको थियो ।

होमआइसोलेशनमा बसेर कोरोना जित्नुभएका पत्रकार नारायण रिजाल, स्थानीय दुर्गा सुवेदीलगायतले होमआइसोलेशनमा बस्दा गुर्जो, टिमुर, बेसारपानी, पुदिना, बोझो, दालचिनीजस्ता आयुर्वेद औषधिको प्रयोग गरेको बताउनुहुन्छ । सङ्क्रमित बिरामीलाई लक्षणअनुसारको आयुर्वेदिक औषधि, आहार÷विहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले जनाउँदै आएको छ ।

औषधालयको सेवा नपुगेको बरेङ गाउँपालिका, काठेखोला, ताराखोला, बडिगाड गाउँपालिकामा समेत नागरिक आरोग्य सेवा केन्द्र, पालिकाको स्वास्थ्य शाखा र अस्थायी कोभिड अस्पतालमार्फत औषधि पठाई सेवा दिइरहेको छ । औषधालयले उत्पादन गरेको ‘आयुर क्वाथ’, ‘गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण’, अश्वगन्धा, गुडुची अमालाकी चुर्णलगायतका सङ्क्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्दै आएको छ । धवलागिरि आयुर्वेद औषधालयले उत्पादन गर्दै आएको ‘आयुर क्वाथ’, ‘गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण’को प्रयोग निकै बढी गरिएको छ ।

उक्त औषधिले कोरोना लाग्नबाट जोगाउने, कोरोना लागेमा जित्न मद्दत गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा कोरोनापछिको रुघाखोकी, छातीको दुखाइसमेत कम गर्दै लैजाने डा राय बताउनुहुन्छ । उहाँका अनुसार कोरोना सङ्क्रमणको अवस्थामा आयुर्वेद औषधिसँगै दैनिक ४५ मिनेट योगाभ्यास गर्नुपर्नेछ । सङ्क्रमितले स्वास्थकर्मीको परामर्शमा औषधि खाँदा अन्य असर नगर्ने उहाँ बताउनुहुन्छ । गुर्जोले सुगर र प्रेसर घटाउने भएकाले स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै आयुर्वेद औषधि खान डा रायको सुझाव छ । उहाँका अनुसार गुर्जो, बेसार, जेष्ठवासादी, याष्टीमधुलगायतको मिश्रण धुलो दुई ग्राम पानीमा पकाएर खान सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group