काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । हाल आठ वटा मन्त्रालय आफूसँगै राखेका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारीमा लाग्नुभएको हो ।
मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउन प्रधानमन्त्री ओली पार्टीका नेताहरूसँग परामर्शमा हुनुहुन्छ । मन्त्रिपरिषदमा सुदूरपश्चिम,कर्णाली र गण्डकीको प्रतिनिधित्व नभएकाले प्रदेशको समेत समावेशीता मिलाएर सूची तयार हुन लागेको छ । थपिने सबै मन्त्री एमालेका छन् । एमालेभित्र पूर्व माओवादी समूहका कम्तीमा दुईजनाले अवसर पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्