ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खराब धनाढ्यका उदाहरण, जेफ बेजोस


कारा अलैमो
जेष्ठ २७, २०७८ बिहीबार  ९ : ११ बजे

बेजोसका हालसम्मका क्रियाकलापले उनले आफूसँग भएको विशाल सम्पत्तिलाई संकटको समयमा अरूको सहयोगमा लगाउनेछन् भन्ने संकेत गर्दैनन्

जेफ बेजोसले पृथ्वीमा कब्जा गर्ने वस्तु सकिँदै गएजस्तो छ । एक प्रक्षेपणअनुसार अमेरिकामा हुने अनलाइन खरिदमध्ये झन्डै आधा उनकै कम्पनी अमेजनबाट हुने गर्छ । अमेजनले भर्खरै एक प्रमुख किराना पसलको चेन ‘होल फुड्स’ र हलिउडको एक प्रमुख स्टुडियो एमजिएम किनेको छ । ‘द वासिंटन पोस्ट’का मालिक बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । सायद यस ग्रहमा स्वामित्व लिने वस्तु सकिँदै गएपछि अहिले उनको नजर अन्तरिक्षतर्फ तेर्सिएको छ । बेजोसले सोमबार ‘ब्लु ओरिजिन’को पहिलो मानवसहितको उडानमा सहभागी हुने घोषणा गरे । ‘ब्लु ओरिजिन’ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी हो । कम्पनीको पहिलो मानवसहितको उडानमा उनका भाइ पनि उनीसँगै हुनेछन् । घोषणापछि मिडियाले बेजोसले उनका अन्य अर्बपति प्रतिस्पर्धी इलन मस्क र रिचर्ड ब्रानसनलाई उछिन्न लागेको बताइरहेका छन् ।

writer : Cara Alimo

तर, बेजोसको मुख्य ध्यान अन्तरिक्षभन्दा पनि यही धर्तीतर्फ बढी हुन्थ्यो भने उनको यस्तो चर्चालाई राम्रो मान्न सकिन्थ्यो । विश्व बैंकका अनुसार विश्वमा अहिले ६८.९ करोड मानिस चरम गरिबीमा बाँचिरहेका छन्, जसमध्ये आधा बालबालिका छन् । कोरोना महामारीले विगत दुई दशकको उपलब्धिलाई ध्वस्त बनाएकाले थप १२ करोड मानिस पुनः चरम गरिबीमा धकेलिएका छन् । जुन यस वर्षको अन्त्यसम्म अझ बढ्नेछ । झन्डै १८७ अर्ब डलरका धनी बेजोसले यो स्थिति सुधार्न धेरै गर्न सक्छन् । अमेजनको प्रमुख कार्यकारी अधिकारीको पद त्याग्न लागेका अवस्थामा बेजोससँग यसमा काम गर्न प्रशस्त समय पनि हुनेछ ।

बेजोसजस्तो अथाह सम्पत्ति भएका मानिसले अन्तरिक्ष व्यवसाय र गरिबलाई गर्ने सहयोग दुवैमा उलेख्य योगदान गर्न सक्छन् । तर, बेजोस असहायका लागि दान गर्ने विषयमा निकै कन्जुस देखिन्छन् ।

इन्टरनेसनल रेस्क्यु कमिटी नामक दाता संस्थालाई जम्मा ५८ डलर दान गर्दा कुनै मुलुकका एकजना बालबालिकाको वर्षभरिको विद्यालय शुल्क तिरिन्छ । बेजोसले प्रत्येक वर्ष उनको रकेट विकासमा लगानी गरेको एक अर्ब डलरले कति फरक पार्छ, अनुमान गर्नुस् । खासमा १८७ अर्ब डलरको सम्पत्ति भएको मानिसले अन्तरिक्ष व्यवसायमा लगानी गर्ने कि अरूलाई सहयोग गर्ने भन्ने एउटा मात्रै छान्नैपर्दैन । सन् २०२० मा बेजोसले जलवायु परिवर्तनविरुद्ध लड्न १० अर्ब डलर दिने घोषणा गरेका छन् । तर, कोभिडका कारण भारतमा अक्सिजनको अभावबाट मानिस मरिरहेको समयमा भविष्यको सौर्य प्रणालीमा मात्र पैसा लगाउनु दुःखद हो । विशाल सम्पत्तिलाई कसरी उचित रूपमा प्रयोग गर्न सकिन्छ भन्ने ज्ञान बेजोसले उनकी पूर्वपत्नी म्याक्केन्जी स्कटबाट सिक्न सक्छन् । म्याक्केन्जीले उनका नयाँ श्रीमान् ड्यान जेवेटसँग मिलेर ‘गिभिङ प्लेज’ अभियानमा हस्ताक्षर गरेकी छिन् ।

यस अभियानमा हस्ताक्षर गर्नेले जीवनको उत्तरार्द्धसम्म आफूसँग भएको सम्पत्तिको अधिकांश हिस्सा दान गर्ने प्रतिबद्धता जनाउँछन् । (तर, बेजोसले हालसम्म गिभिङ प्लेजमा हस्ताक्षर गरेका छैनन् ।) सन् २०२० मा म्याक्केन्जीले झन्डै ६ अर्ब डलर रकम दानमा लगाइन् । उनले अश्वेतहरू पढ्ने कलेज तथा विश्वविद्यालयमा ध्यान दिइरहेकी छिन् । यसले म्याक्केन्जीमा आफूभन्दा फरक अनुभव भएका समुदायप्रति समेत करुण देखाउन सक्ने क्षमता रहेको देखिन्छ । उता यही अवधिमा बेजोसको बिलासी जीवनशैलीका किस्साहरू समाचारमा छाइरहे । पूरै विश्व महामारीसँग लडिरहँदा उनले अघिल्लो वर्ष लस एन्जेल्सका विशाल महलमा २५.५ करोड डलर खर्च गरेको खबर आयो । त्यस्तै उनले एक अति बिलासी डुंगामा ५० करोड डलर खर्च गरेको खबरले त बिलासी डुंगा क्षेत्रमै हलचल ल्याएको छ । बेजोसका हालसम्मका क्रियाकलापले उनले आफूसँग भएको विशाल धनलाई संकटको समयमा अरूको सहयोगमा लगाउनेछन् भन्ने संकेत गर्दैन । 

खुद्रा सामग्रीलाई अनलाइन माध्यममार्फत सस्तोमा बेचेर अर्बौं डलर कमाउने बेजोसको कम्पनी अमेजनले कर पनि त्यति तिरेको देखिँदैन । सन् २०१९ मा कम्पनीले संघीय करअन्तर्गत एक डलर पनि नतिरेको देखिन्छ । त्यस्तै कम्पनीले कामदारको सुरक्षाको माग गर्ने श्रमिकलाई गैरकानुनी रूपमा बर्खास्त गरेको आरोप लाग्ने गरेको छ । समाजलाई सकारात्मक प्रभाव पार्न बेजोससँग अझै पनि समय नभएको होइन । अमेजनको कार्यकारी भूमिकामा रहेका  उनमा पृथ्वी छाडेपछि सम्पत्तिको सही सदुपयोगसम्बन्धी नयाँ विचार आउला भन्ने आशा गरौँ । तर, अहिलेका लागि बेजोस र बेजोसजस्तै अन्तरिक्षतर्फ नजर लगाइरहेका अर्बपतिहरूले असहायमाथि ध्यान दिन आह्वान गर्नुपर्ने अवस्था छ । बेजोस एक सफल व्यवसायी हुन् । उनी व्यावसायिक सफलताको यति उचाइमा पुगेका छन् कि उनी लाखौँ मानिस भौकभौकै रहँदा अन्तरिक्षमा जान सक्छन् । तर, हालसम्मको उनको कार्य हेर्दा उनलाई सफल मानिस भन्न सकिने अवस्था छैन ।  

(लेखक होफ्स्ट्रा विश्वविद्यालयकी सह–प्राध्यापक हुन्, उनी ओबामा राष्ट्रपति हुँदा अमेरिकाको अर्थ मन्त्रालयअन्तर्गतको वैदेशिक मामिलाकी प्रवक्ता थिइन्) 
सीएनएनबाट
  

↑

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com