काठमाडौं, २६ जेठ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ यो परीक्षण गरिएकामध्ये २८।६ प्रतिशत हो । यस्तै सोही अवधिमा ५ हजार ७४८ जना संक्रमित निको भएका छन्। निको हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलले सो जानकारी दिनुभएको हो । आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ९१५ रहेका छन् । जसमा काठमाडौंमा ६७९, भक्तपुरमा ८१ र ललितपुरमा १५१ जनालाई पोजेटिभ देखिएको छ ।सक्रिय संक्रमितको संख्या घट्दै गएको छ, अहिले ८० हजार ३३६ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार ७४ पीसीआर र ४५६८ जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा पीसीआरमा ३४४९ र एन्टीजेनमा ८९५ जनालाई पोजेटिभ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्