ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्राजिलमा कोरोनाबाट दुई हजार छ सय ९३ सङ्क्रमितको मृत्यु (कहाँ कति सूचिसहित)


एबीसी / संवाददाता
जेष्ठ २६, २०७८ बुधबार  ६ : ५७ बजे

काठमाडौं, २६ जेठ । विश्वका विभिन्न मुलुकभन्दा पछिल्लो २४ घण्टाभित्र ब्राजिलमा धेरै कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । यसअघि छिमेकी मुलुक भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढी हुने गरेको थियो । तर २४ घण्टाभित्रमा भने भारतलाई उछिन्दै सङ्क्रमित गुमाउनेमा ब्राजिल अगाडि आएको हो ।

एकै दिन ब्राजिलमा दुई हजार छ सय ९३ सङ्क्रमितको मृत्यु भएको छ । ब्राजिलमा मृत्यु भएको यो सङ्ख्या केही समययताकै उच्च हो । ब्राजिलमा हालसम्म कोरोनाका कारण चार लाख ७७ हजार तीन सय सात जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

सङ्क्रमित सङ्ख्याको हिसाबमा ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । मृत्यु सङ्ख्याको हिसाबले भने अमेरिकापछि ब्राजिलमा धेरै सङ्क्रमितको मृत्यु भएको छ । तर कोरोनाको दोस्रो भेरियन्टपछि दैनिक मृत्यु हुने सङ्ख्या भने विश्वका अन्य मुलुकभन्दा भारतमा धेरै थियो ।

ब्राजिलमा एकै दिन ५२ हजार चार सय ४८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ७० लाख ३८ हजार दुई सय ६० पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ५४ लाख ९४ हजार ७१ जना उपचारपछि निको भएका छन् । १० लाख ६६ हजार आठ सय ८२ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

सङ्क्रमित सङ्ख्याको हिसाबमा कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा एकै दिन तीन सय ७६ जनाको मृत्यु भयो । हालसम्म छ लाख १३ हजार एक सय २२ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

२४ घण्टाभित्र १२ हजार दुई सय ६८ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४२ लाख ४१ हजार पाँच सय ६१ पुगेको छ ।

दुई करोड ८२ लाख १९ हजार चार सय ४४ जना उपचारपछि निको भएका छन् । ५४ लाख आठ हजार नौ सय ९५ जनाको उपचार जारी रहेकोमा पाँच हजार एक सय ३५ जनाको अवस्था गम्भीर छ ।

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा २४ घण्टाभित्र दुई हजार दुई सय १३ सङ्क्रमितको मृत्यु भयो । हालसम्म तीन लाख ५३ हजार पाँच सय ५७ जना भारतीय नागरिककको मृत्यु कोरोनाका कारण भइसकेको छ ।

एकै दिन ९१ हजार दुई सय २७ नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या दुई करोड ९० लाख ८८ हजार एक सय ७६ पुगेको छ ।

दुई करोड ७४ लाख ९६ हजार एक सय ९८ जना उपचारपछि निको भएर सङ्क्रमण मुक्त बनेका छन् । १२ लाख ३८ हजार चार सय २१ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा पछिल्लो समय नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ । कोरोनाको दोस्रो भेरियन्टपछि भारत सङ्क्रमणका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो ।

दैनिक चार लाखभन्दा बढी सङ्क्रमित भेटिन्थे । चार हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो । सङ्क्रमित सङ्ख्याको हिसाबमा कोरोनाबाट प्रभावित हुनेमध्ये भारत विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा २४ घण्टाभित्र नौ हजार पाँच सय ६२ सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण विश्वभर ३७ लाख ६१ हजार सात सय ६३ जनाको मृत्यु भइसकेको छ ।

एकै दिन तीन लाख ४७ हजार आठ सय ३५ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १७ करोड ४७ लाख २० हजार छ सय १० पुगेको छ ।

सङ्क्रमितमध्ये १५ करोड ८४ लाख २३ हजार एक सय २३ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड २५ लाख ३५ हजार सात सय २४ जनाको उपचार जारी रहेकोमा ८५ हजार नौ सय ६४ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com