ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बामदेवको मध्यमार्गी प्रस्ताव : २०७५ जेठ २ को स्थायी कमिटी बैठक बोलाऔं


एबीसी / संवाददाता

काठमाडौं, २५ जेठ । नेकपा एमालेका नेता बामदेव गौतमले पार्टीमा एकताका लागि मध्यमार्गी प्रस्ताव अघि सार्नुभएको छ । पार्टी एकता राष्ट्रिय अभियानको तर्फबाट २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउने र पार्टीमा उत्पन्न विषयबारे छलफल गर्ने प्रस्ताव अघि सार्नुभएको हो ।

आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव राख्नुभएको थियो , जसमा एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने र सर्वोच्चको रिटमा प्रयोग भएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता लिने उल्लेख थियो । नेपाल समूहले प्रस्तावमा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिएको निष्कर्ष निकाल्यो र हस्ताक्षर फिर्ता नलिने अडान सार्वजनिक गर्‍यो ।

ओलीको प्रस्तावबारे यस्तो भन्नुहुन्छ गौतम

यसले एमालेमा एकता टर्दै गएको संकेत गरेका बेला गौतमले मध्यमार्गी प्रस्ताव अघि ल्याउनुभएको छ । गौतम संयोजक रहेको पार्टी एकता राष्ट्रिय अभियानको मंगलबार बसेको भर्चुअल बैठकले अध्यक्ष ओलीको प्रस्तावमा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैली प्रयास भएको निष्कर्ष निकालेको छ । तर एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाउने प्रस्ताव सकारात्मक भएको अभियानको ठहर छ । एकताको पक्षमा उभिएका नेताहरुलाई स्थायी र केन्द्रीय कमिटीको संरचनामा ल्याउने विषय एमालेको समस्यामा ल्याउनु गलत भएको भन्दै गौतम नेतृत्वको अभियानले भनेको छ, ‘जनवर्गीय संगठनहरुको संरचनाका सम्बन्धनमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अजस्थालाई अस्वीकार पनि गर्न सकिन्छ भन्ने हो, जसलाई इमान्दार एकता प्रयत्न मान्न सकिन्न ।’ प्रनिधिनिसभा विघटन खारेज र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर रिटमा एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिनु पर्ने अध्यक्ष ओलीको शर्तमा गौतम असहमत देखिनुभएको छ । प्रधानमन्त्री ओलीका अनेकौ विवादित क्रियाकलाप र झलनाथ खनाल–माधव नेपाल समूहका क्रियाकलाप एकअर्कासँग सम्बन्धित भएर आएको भन्दै उहाँले भन्नुभएको छ , ‘यसले हाम्रो पार्टी ज्यादै पेचिलो अन्तनरपार्टी संघर्षलाई व्यक्त गरेको छ । यी सबै विषयलाई पुनः एकतावद्ध भएपछिको पार्टी कमिटी बैठकबाट मात्र समाधान गर्न सकिन्छ ।’ पार्टी एकतापछि खुबै पक्षले आफ्ना कमजोरीबारे आत्मालोचना गरेर वास्तविक समाधान खोज्न सकिने समेत उहाँले बताउनुभयो ।
मध्यमार्गी प्रस्ताव

गौतमले २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउने र पार्टीमा उत्पन्न विषयबारे छलफल गर्ने प्रस्ताव अघि ल्याउनुभयो । एकता अभियानको वक्तव्यमा भनिएको छ, छिटोभन्दा छिटो २०७५ जेठ २ मा कायम रहेको एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव र दुई उपमहासचिव र पाँच सहित सहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हार्दिक अनुसार गर्दैछ ।’ साथै सर्वोच्चको संवैधानिक इजलासले संसद पुनर्स्थापना वा प्रधानमन्त्रीको कदम सर गरेको अवस्थामा निर्वाचनमा जाने दुबै चुनौती सामाना गर्न तयार हुनुपर्ने गौतमले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com