ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोप हुँदै चौँरीपालन व्यवसाय


ABC NEWS
पुस १२, २०७४ बुधबार  २ : २० बजे

इलाम, १२ पुस । जिल्लामा चौँरीपालन व्यवसाय लोप हुँदै गएको छ ।

इलाम र पाँचथरको सीमावर्ती तथा भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको सन्दकपुरमा विगत वर्षमा एक सयभन्दा बढी संख्यामा रहेका चौँरीका गोठ हाल करिब दुई दर्जनको हाराहारीमा मात्र रहेका छन् ।

व्यवसाय लोप हुँदै गए पनि पाँचथर प्राङ्बुङबाट चौँरी व्यवसाय गर्न आउनुभएका नरबहादुर मगर नयाँ तरिकाले चौँरी पाल्न सन्दकपुर आएको बताउनुहुन्छ । “यही पेशा नयाँ तरिकाले गर्न बसाइँ नै सरेर यहाँ आएको हुँ,” उहाँले भन्नुभयो ।

चौँरीको दूधबाट बनेको घिउ र छुर्पी गाई र भैँसीको भन्दा महँगो भएको मगरले बताउनुभयो । पहिला–पहिला भारतको विभिन्न बजारमा बिक्री हुने घिउ र छुर्पी हिजोआज स्वदेशमै बिक्री वितरण हुने गरेको छ । यहाँ घिउ प्रतिकिलो रु ५०० र छुर्पी रु एक हजारमा बिक्री भइरहेको छ ।

छुर्पी अमेरिकासम्म निर्यात हुने गरेको छ । सो क्षेत्रका बासिन्दाको मुख्य पेशा नै चौँरी व्यवसाय हो । पन्ध्रवटा चौँरी पालेका मगर मासिक रु ३० हजारभन्दा बढी आम्दानी हुने गरेको बताउनुहुन्छ ।

चौँरी व्यवसायबाट पर्याप्त आम्दानी हुने गरेको भए पनि यस व्यवसायका विभिन्न चुनौती छन् । सामुदायिक वनमा चरन गर्न नपाइने भएका कारण व्यवसाय गर्न समस्या भएको किसान बताउँछन् । चौँरीलाई आवश्यक दाना र पोषणयुक्त खाना सो क्षेत्रसम्म पु¥याउन निकै कठिनाइ हुने गरेको छ ।

हरेक वर्ष वैशाख १ गते यहाँ चौँरी दिवस मनाइन्छ । लोप हुन लागेको चौँरी व्यवसाय बचाउन सो दिवस किसानका लागि फलदायक बन्दै गएको छ । सडक सुविधा हुन सके सो क्षेत्रको पर्यटन प्रवद्र्धन हुने र उक्त क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

सुकुम्बासीलाई बुझ्ने कुरामा कहाँ चुकेको छ राज्य?

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

खाना पकाउने ग्यास फेरि महँगियो,ग्यास कुनै विलासी वस्तु होइन : यो आधारभूत आवश्यकता हो।

सम्पत्ति छानबिन आयोग: ‘ठुला माछा’ लाई उन्मुक्ति र ‘छनोटपूर्ण’ न्यायको आशंका !

सुकुम्बासी बस्तीमा ‘बालेन मोडल’को डोजर: ३५ सय परिवारको उठिवास, २४ घण्टे उर्दीमा राज्यको निर्मम प्रहार !

‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानीकर्ता हतोत्साहित: निजी क्षेत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com