धनगढी, २५ जेठ । नेपाली कांग्रेसले माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारलाई जसरी पनि टिकाउने निर्णय गरेको छ ।आज बसेको संसदीय दलको बैठकले आज विश्वासको मत दिने बेला ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।कांग्रेस ससदीय दलका प्रमुख सचेतक टेकवहादुर रैकाले सरकार जसरी पनि टिकाउने निर्णय भएको बताउनुभयो। यसअघि कांग्रेस बैठक चलिकरहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्ट र एमाले संसदीय दलका नेता प्रकाश शाह पनि पुग्नुभएको थियो । सोमवार कांग्रेस सभापति शेरवहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । रैकाले कुनै पनि हालतमा सरकार टिकाउने निर्णय भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्