ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको प्रस्तावबारे छलफल गर्दै खनाल–नेपाल पक्ष : एकता हुन गाह्रो– सदस्यहरू


एबीसी / संवाददाता

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आइतबार राखेको प्रस्तावबारे छलफल गर्न खनाल–नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले ओलीको प्रस्तावलाई कसरी लिने भनेर निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको हो।

अहिले हामी केही बोल्दैनौं। यसबारे सामूहिक धारणा बनाउँछौं,’ खनाल(नेपाल निकट नेता भिम रावलले भन्नुभयो , ‘सोमबार स्थायी कमिटी बैठक बोलाएका छौं। त्यसले नै धेरै कुरा निर्धारण गर्छ।’

यसअघि खनाल-नेपाल पक्षका नेताहरूसँग भएको अनौपचारिक छलफलमा समेत ओली पक्षले २०७५ जेठ २ मा फर्किन कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको थियो।

ओलीले आइतबार निकालेको वक्तव्यमा त्यही सर्त दोहोर्‍याउनुभएको छ । खनाल(नेपाल पक्षले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन नसकिने स्पष्ट पारिसकेको छ।

खनाल(नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा समेत हस्ताक्षर फिर्ता लिने ओलीको सर्त पूरा गर्न नसकिने धारणा आएको खनाल-नेपाल पक्षीय एक केन्द्रीय सदस्यले बताउनुभयो । ‘ओली कामरेडले भनेका अरू विषय सकारात्मक छन्। तर अदालतमा गइसकेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त अलि खतरनाक छ। उहाँले फेरि पनि एकतालाई दाउपेचका रूपमा लिएको स्पष्ट भएको छ,ु ती केन्द्रीय सदस्यले भन्नुभयो ‘उहाँले प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनेर आफूले गरेको निर्णय फिर्ता लिनुभयो भने हाम्रो हस्ताक्षरबारे सोच्न सकिन्छ। किनकि, हामीले संसद जोगाउन खोजेको हो। जसरी पनि संसद जोगिनुपर्‍यो।’

अर्का एक केन्द्रीय सदस्यले अदालतको फैसला स्वीकार्ने गरी ओलीको प्रस्ताव स्वीकार्न सकिने बताउनुभयो । ‘स्थायी कमिटीका कमरेडहरूले यसबारे अन्तिम निर्णय गर्नुहोला। अदालतमा बुझाइएको हस्ताक्षरलाई एकताका लागि सर्त बनाउनु हुँदैन भन्ने हो,’ ती केन्द्रीय सदस्यले भन्नुभयो, ‘प्रतिनिधिसभा विघटन र सांसदहरूको हस्ताक्षरलाई कमिटीका बैठकमा छलफल गरेर निर्णय लिन सकिन्छ।’

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६ बुँदे प्रस्ताव राख्दै पार्टी एकताका लागि आह्वान गर्नुभएको छ ।

उहाँले खनाल–नेपाल समूहले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा गरेको हस्ताक्षर फिर्ताको माग गरेका छन्। त्यसो भए आफू जेठ ३ अघिको कमिटीमा फर्कन तयार रहेको ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com