काठमाडौं, २३ जेठ। राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता तथा उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउनुभएको छ । महतोले दिएको बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि शनिबार राति एक विज्ञप्ति निकाल्दै सच्याउनुभएको हो । उपप्रधानमन्त्री महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पार्नुभएको छ । महतोको अभिव्यक्तिलाई लिएर एमाले माधव कुमार नेपाल निकट विद्यार्थी संगठनले शनिबार काठमाडौँको बानेश्वरमा उनको पुतलासमेत जलाएको थियो ।
यस्तै विपक्षी दल तथा एमालेका माधव कुमार नेपालसहितका १५ नेताका साथै विभिन्न संघसंस्थाका साथै सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । एमालेकै संस्थापन पक्षका नेताहरुले पनि महतोको अभिव्यक्तिको विरोध गर्दै सच्याउन माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्