ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतसँगका असमझदारी हटे – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएका असमझदारी हटेको बताउनुभयो । बीबीसी हिन्दी सेवाका लागि पत्रकार शालु यादवलाई दिएको अन्तर्वार्तामा उहाँले छिमेकी देशहरुबीच प्रेमसँगै समस्या पनि हुनु स्वाभाविक भएको बताउनुभएको हो ।

‘असमझदारीहरु थिए, तर अब ती असझदारी हटेका छन्। कुनै समय असमझदारी थियो भन्दैमा त्यसैमा अल्झिएर बस्नु हुँदैन। भविष्य हेरेर अगाडि बढ्नुपर्छ। केही अँध्यारा र काला पक्षहरु थिए भने पनि त्यसमा अल्झिनु हुँदैन, उज्यालो पक्षलाई लिएर अगाडि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सिमाना खुला भएको भन्दै कोरोना महामारी एक अर्को देशमा फैलिनु स्वाभाविक भएको बताउनुभयो ।

नेपाल र भारतको मित्रतालाई हेरेर भारतले पूर्ण रुपमा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । ‘नेपाललाई अरु देशभन्दा फरक ढंगले हेर्नुपर्छ भारतले, किनकि हामी त्यस्तो छिमेकी हौँ जहाँ खुला सिमानामा दुवैतिर खेत छन्। कहीँकहीँ त दशगजा कहाँ छ, त्यो पनि थाहा छैन। मानिसहरुबीच हरेक कुराका निम्ति आवतजावत हुन्छ। यी र हाम्रो मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छ।भारतले सबैभन्दा पहिले नेपाललाई कोभिडको खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतलाई धन्यवाद समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com