काठमाडौं, २१ जेठ । नवनियुक्त उपप्रधान एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ। आजै राष्ट्रपति निवास सितल निवासमा उपप्रधान तथा सहरी विकास मन्त्री पद तथा गोपनियताको सपथ लिएका महतोले सिंहदरबार पुगेर आजै पदभार ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन्।
प्रतिक्रिया दिनुहोस्