ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीसँगै रक्षा र गृहसहित सात मन्त्रालय रहने


एबीसी / संवाददाता
जेष्ठ २१, २०७८ शुक्रबार  ७ : ११ बजे

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफूसँग ७ वटा मन्त्रालय राख्नुभएको हो।

आज विस्तार हुने मन्त्रिपरिषद प्रधानमन्त्रीसहित १७ सदस्यीय हुनेछ । प्रधानमन्त्री ओलीसँग रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहनेछन् । मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेछन् ।

त्यस्तै भौतिक पूर्वाधारमा बसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानूनमा लीलानाथ श्रेष्ठ मन्त्रीका रुपमा यथावत रहनेछन् । स्वास्थ्य मन्त्रीका रुपमा शेरबहादुर तामाङले शपथ ग्रहण गर्ने तयारी छ । जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाउँदैछन् ।

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन :

  • प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
  • विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
  • राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
  • रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
  • कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
  • बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
  • लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
  • शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
  • अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
  • विमल श्रीवास्तव : श्रम तथा रोजगार
  • उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
  • लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
  • चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
  • एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
  • चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
  • रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com