काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफूसँग ७ वटा मन्त्रालय राख्नुभएको हो।
आज विस्तार हुने मन्त्रिपरिषद प्रधानमन्त्रीसहित १७ सदस्यीय हुनेछ । प्रधानमन्त्री ओलीसँग रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहनेछन् । मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेछन् ।
त्यस्तै भौतिक पूर्वाधारमा बसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानूनमा लीलानाथ श्रेष्ठ मन्त्रीका रुपमा यथावत रहनेछन् । स्वास्थ्य मन्त्रीका रुपमा शेरबहादुर तामाङले शपथ ग्रहण गर्ने तयारी छ । जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाउँदैछन् ।
यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन :
- प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
- विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
- राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
- रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
- कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
- बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
- लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
- शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
- अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
- विमल श्रीवास्तव : श्रम तथा रोजगार
- उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
- लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
- चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
- एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
- चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
- रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
प्रतिक्रिया दिनुहोस्