काठमाडौं, २१ जेठ । सर्वोच्च अदालतका ११ जना न्यायाधीशलाई १४६ सांसदहरुले दायर गरेको मुद्दा छिनोफानोका लागि संवैधानिक इजलासमा नराख्न माग गर्दै निवेदन परेको छ।
अधिवक्ता राजाराम घिमिरेले ती न्यायाधीशको स्वार्थ बाझिने भन्दै उहाँहरुलाई संवैधानिक इजलासमा नराख्ने मागदाबीसहित शुक्रबार निवेदन पेस गर्नुभएको हो।
ती ११ न्यायाधीशमा दिपक कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन्।सांसदहरुको मुद्दामा यी न्यायाधीशहरुको कुनै न कुनै रुपमा स्वार्थ बाझिने दाबी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्