ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या घट्दो


एबीसी / संवाददाता
जेष्ठ २१, २०७८ शुक्रबार   १ : ३५   बजे


नयाँ दिल्ली, २१ जेठ (एएनआई) : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम सङ्क्रमित थपिएका छन् ।

भारतमा अघिल्लो दिन एक लाख ३४ हजार १५४ जना सङ्क्रमित थपिएकोमा भोलिपल्ट अर्थात् पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार ३६४ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल दुई करोड ८४ लाख ४१ हजार ९८६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाइएको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्यामा पनि अहिले कमी हुदै गएको छ । अहिले भारतमा दुई लाखभन्दा कम मात्रै सक्रिय सङ्क्रमितहरु रहेको जनाइएको छ ।

भारतमा कोरोनाभाइरसको संक्रमणका कारण हालसम्म तीन लाख ४० हजार ७०२ जनाको मृत्यु भएको छ । ती मध्ये दुई हजार ७१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा कूल ३५ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ । बिहीबार एकै दिन २० लाख ७५ हजार नमुनाको परीक्षण गरिएको परिषदको भनाई छ ।

यसैबीच, भारतको स्वास्थ्य मन्त्रालयले देशभर २२ करोड ४१ लाख डोज खोप लगाइएको जनाएको छ जसमा एक डोज र दुई डोज लगाएका व्यक्ति सामेल छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

ग्रिन कार्ड नीतिमा ट्रम्प प्रशासनको नरम रूप: ठूला व्यवसायीको लबिङले काम गर्‍यो

चीनले कसरी आफ्नो गलत मूल्याङ्कन गर्छ :फरेन अफेयर्स

दक्षिण कोरियाको स्थानीय निर्वाचनमा सत्तारुढ दलको शानदार जित

अमेरिका र इरानबीच गाडिएका आणविक सामग्री उत्खनन गरी नष्ट गर्ने सहमतिः राष्ट्रपति ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group