ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव पक्षको बैठक आज पनि, जेठ २ मा फर्किँदैमा एकता हुने वा नहुनेमा शंका


एबीसी / संवाददाता

काठमाडौं, २१ जेठ । माधव नेपाल पक्षधर नेकपा एमालेका केन्द्रीय सदस्यहरुको बैठक आज पनि जारी छ । बिहान ११ बजेबाट शुरू बैठकमा बाँकी सदस्यहरूले बोल्ने र नेपालले निष्कर्ष सुनाउने बताइएको छ । बैठकमा प्रष्ट रूपमा दुई खाले विचार आएकाले नेता नेपालले आफ्नो समूहका बटमलाइन सुनाउने सम्भावना छ । माधव नेपालको पक्षमा सधैँ खडा हुँदै आएका नेताहरुले २०७५ जेठ २ मा फर्किदैमा ओलीसँग सहकार्य हुन नसक्ने र धोखाहुने विचार व्यक्त गरेका छन् । त्यो विचारको नेतृत्व भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यदेखि प्रकाश ज्वाला, राजेन्द्र राई, जगन्नाथ खतिवडाजस्ता नेताहरूले गरिरहेका छन् ।

अर्कोतिर विशेषगरी माधव नेपालसँग नवौं महाधिवेशनबाट जोडिएका नेताहरू भने केपी ओलीलाई जेठ २ मा फर्काउन सके एमालेभित्रै रहेर पार्टी बलियो बनाउन सकिने पक्षमा छ । यो विचारमा गोकर्ण विष्ट पनि सहमत हुनुभएको छ । आजको बैठकमा विष्टले पनि बोल्दै हुनुहुन्छ ।पार्टी एकताको लागि प्रयत्न गरिरहेका नेता ठाकुर गैरेले जेठ २ को विन्दूबाट पार्टीका सबै संरचनाहरुलाई अघि बढाएपछि सबै समस्याहरु आफैं समाधान हुँदै जाने र पार्टी एकढीक्का रहने बताउनुभयो । उहाँले वैठकमा कसैले पनि एकताको विरोध नगरेको दावी गर्नुभयो । एकता वा विद्रोह जे गर्ने हो तत्कालै गर्न नेपालमाथि दबाब छ ।

धेरै सदस्यहरुले जे २ मा फर्किने भनेर ओलीबाट फेरि छलछाम र धोखा हुने आशंका गरेका छन् । ओलीले एकतर्फी रुपमा जेठ २ मा फर्किएको घोषणा गरे आफ्नो समूहको धारणा के हुने ? भन्ने प्रश्न पनि बैठकमा उठेको छ ।बैठकमा ८८ जना केन्द्रीय सदस्य सहभागी रहेको नेता झपट रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com