ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्‍‍यायाधीश राणाले बोलाए सर्वोच्चको पूर्ण बैठक


एबीसी / संवाददाता

काठमाडौं, २० जेठ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउनु भएको छ । ‘फुट कोर्ट’ भनिने यो बैठकमा सर्वोच्चका सबै न्यायाधीश सहभागी हुनेछन् । सर्वोच्च अदालत स्रोतका अनुसार संवैधानिक इजलास गठन सम्बन्धी नियमावली संशोधन, कोरोना महामारीका कारण रोकिएका सेवाको विषयमा न्यायाधीशहरुसँग छलफल गर्न प्रधानन्यायाधीश राणाले पूर्ण बैठक बोलाउनु भएको हो ।

यसअघि जेठ १३ गते बसेको सर्वोच्चको पूर्ण बैठकले महामारीको समयमा नियमित मुद्दा र रिट निवेदनमाथिको कारवाही रोकेको थियो । शुक्रबारका लागि बोलाइएको पूर्ण बैठकमा संवैधानिक इजलास गठन सम्बन्धी नियमावलीको विषयमा छलफल हुने बताइएको छ । प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास गठन सम्बन्धी नियमावली संशोधनको विषयमा छलफल गर्न बैठक बोलाएको अनुमान गरिएको छ ।

यो विषयमा सर्वोच्चका न्यायाधीशको धारणा सुनेपछि निर्णय हुनसक्छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजालास विवादित बनेपछि राणाले बोलाएको पूर्ण बैठकलाई महत्वकासाथ हेरिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलासबाट न्यायाधीश दिपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई अलग भएपछि राणाले जेठ २३ गते अर्को इजलास तोक्नु भएको छ । सुनुवाइको मिति तोके पनि राणाले संवैधानिक इजलास गठन गर्न सक्नुभएको छैन ।

राणाले न्यायाधीशहरुसँगको छलफलपछि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठनको तयारी गर्नुभएको हो । जसका लागि नियमावली नै परिवर्तन गरेर जाने उहाँको योजना छ । जेठ ७ गते मध्यरातम दोस्रो पटक संसद्‍ भंग भएपछि त्यसका विरुद्ध परेका ३० वटा रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गर्नुभएको थियो । बहसका क्रममा अधिवक्ताहरुले न्यायाधीशमाथि प्रश्न उठाएपछि उहाँहरु इजलासबाट अलग हुने निर्णय गर्नुभएको हो । माओवादी केन्द्र र नेकपा (एमाले)बीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग गर्ने मुद्दामा सहभागी भएको भन्दै अधिवक्ताहरुले न्यायाधीशमाथि प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com