ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खनाल–नेपाल समूहका १७ जनसङ्गठनको घोषणा ‘पुरानै संरचनामा नफर्किए पार्टी विसर्जन (विज्ञप्तिसहित)


एबीसी / संवाददाता
जेष्ठ २०, २०७८ बिहीबार  ५ : ५१ बजे


काठमाडौं, २० जेठ । नेकपा एमालेको खनाल–नेपाल समूह पक्षधर १७ जनसङ्गठनले सबै संरचना २०७५ को जेठ २ को अवस्थामा नफर्किए पार्टी विसर्जन हुन सक्ने घोषणा गरेका छन् ।

संयुक्त विज्ञप्ति निकालेर जनवर्गीय सङ्गठनका प्रतिनिधिले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई पुरानै अवस्थामा फर्काउन सहमत नभए नयाँ ढङ्गले पुनर्गठन गरेर अघि बढ्ने घोषणा गरेका हुन् ।आफूहरू अहिले पनि एकताबद्ध एमालेकै पक्षमा रहेको भन्दै उनीहरूले अध्यक्ष ओलीले अवैधानिक काम गर्दै आएको र ती सबै खारेज योग्य रहेको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक व्यवस्था र संविधान गुम्ने खतरा देखिएको समेत उनीहरूले विज्ञप्तिमार्फत बताएका छन् ।यस्तै उनीहरूले पार्टी विधान विपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिस्ट आन्दोलन सङ्कटमा परेको बताएका छन् ।

संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णय सच्याएर सुदृढ र एकताबद्ध नेकपा एमाले निर्माणका लागि आग्रह गर्दै उनीहरूले माग पूरा नभए नयाँ शिराबाट अघि बढ्ने चेतावनी दिएका हुन् ।किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटा, महिला सङ्घकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, युवा सङ्घका नरेश शाही, प्रेस चौतारीका विश्वमणि सुवेदीलगायत १७ जनवर्गीय सङ्गठनका प्रतिनिधिले संयुक्त विज्ञप्तिमार्फत यस्तो अपिल गरेका हुन् ।

​

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com