काठमाडौं, २० जेठ । जनता समाजवादी पार्टीका नेताहरु बालुवाटार पुग्नुभएको छ । बालुवाटार स्रोतका अनुसार अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको हो । अहिले छलफल जारी रहेको छ । प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने विषयमा पार्टीभित्रै विवाद चर्किएका बेला नेताहरू बालुवाटार पुग्नुभएको हो । जसपाको महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुन प्रधानमन्त्रीसँग निरन्तर छलफल गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्