काठमाडौ २० जेठ । भारतको जम्मू-कश्मीरमा भारतीय जनता पार्टी (भाजपा)का एक नेताको हत्या भएको छ ।
विद्रोही समूहले स्थानीय पार्षद राकेश सोमनाथ पण्डिताको गोली हानेर हत्या गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुलवामामा गएराति भाजपा नेता पण्डिताको गोली हानी हत्या भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उहाँको साथमा सधैं दुई जना निजी सुरक्षाकर्मी खटिने गरेका थिए । जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिह्नासहितले यो घटनाको निन्दा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्