ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलीय दबाबका कारण समानुपातिकको सिट निर्धारण गर्न आयोग पर्ख र हेरको अवस्थामा


sharan sharan

काठमाडौं, ११ पुस । राष्ट्रियसभा गठनसम्बन्धी विवादका कारण प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँड गर्न ढिलाइ हुने भएको छ ।

आयोगले पुस ७ गते नै प्रदेशसभाको सिट बाँडफाँड गरेर दलहरुलाई पत्र पठाए पनि प्रतिनिधिसभाको पत्र कहिले पठाउने भन्नेमा आयोग दुविधामा परेको हो । आयोग स्रोतका अनुसार दलले पाउने सिट संख्या निर्धारण गरेर सबै प्रक्रिया पूरा गरे पनि दलीय विवाद र दबाबका कारण सिट निर्धारण गर्न नसकिएको हो ।

एमालेले तत्काल समानुपातिकको सिट निर्धारण गर्न आयोगलाई दबाब दिए पनि कांग्रेसले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्र दलले पाएको सिट निर्धारण गर्न आग्रह गर्दै आएको छ । दलीय विवाद र दबाबका कारण आयोग सबै काम सकेर पनि पर्ख र हेरको अवस्थामा रहेको बस्नु परेको स्रोतको भनाइ छ ।

समानुपातिकमा सिट कायम गर्न चाहिने तीन प्रतिशत मत पाँचवटा पार्टीले मात्र कटाएका छन् । दलले पाएको मतको हिसाब गर्दा समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७ र फोरम तथा राजपाले ६\६ सिट पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com