ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा कोरोना सङ्क्रमण फेरि बढ्दै, बेलायतमा तेस्रो लहरको चेतावनी


एबीसी / संवाददाता

काठमाडौं, १८ जेठ । चीनमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । चीनको दक्षिणी सहर ग्वांझोमा हिजो १८ जनामा सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमितमध्ये सात जना सहरभन्दा बाहिरबाट गएका व्यक्तिहरु रहेका बीबीसीले जनाएको छ । सङ्क्रमण बढेसँगै यो सहरमा हुने उडान सेवा बन्द गरिएको छ ।

गएको २४ घण्टामा चीनमा २७ जना सङ्क्रमित भेटिएका छन् । योसँगै अहिलेसम्म चीनमा ९१ हजार ९९ जनालाई सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्म चार हजार ६ सय ३६ जनाको ज्यान गएको छ । यस्तै, बेलायतमा कोरोनाको तेस्रो लहरको चेतावनी दिइएको छ । त्यहाँका वैज्ञानिकले तेस्रो लहरको सुरुवाती सङ्केत देखिएको बताएका छन् । युनिभर्सिटी अफ क्याम्ब्रिजका प्राध्यापक रवि गुप्ताले कोरोना सङ्क्रमण अहिले केही कम देखिए पनि फेरि फैलिन सक्ने बताउनु भएको छ ।बेलायतमा गएको २४ घण्टामा मात्र ३ हजार ३ सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको भने यो अवधिमा मात्र एक जनाको ज्यान गएको छ । यसैबीच, अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञले कोरोना भाइरसविरुद्धको लडाइँ अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने बताउनु भएको छ । सङ्क्रमण केही कम जस्तो देखिए पनि यसले फेरि विकराल रुप लिन सक्ने विज्ञले चेतावनी दिएका छन् ।

अमेरिकामा गएको २४ घण्टामा ५ हजार एक सय ४१ नयाँ सङ्क्रमित भेटिएका छन् भने थप १४१ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com