ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आ.व.२०७८/०७९ को बजेट बारे नीजि क्षेत्रको प्रतिक्रिया


एबीसी / संवाददाता

काठमाडौँ, १६ जेठ ।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आ.व. २०७८÷०७९को बजेटले नीजि क्षेत्रको अधिकांश सुझावलाई समेटेको बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष ढकालले बजेटले नीजि क्षेत्रको सुझावहरुलाई समेटेको भन्दै कार्यान्वयन हुनसके यो बजेटलाई नीजि क्षेत्रले सकारात्मक रुपमा लिने बताउनुभयो । अघिल्लो वर्षमा केही कमी कमजोरीहरु देखिएको भन्दै उहाँले बजेटमा उल्लेख भएका कुराहरुलाई मौद्रिक नीतिमा पनि समावेश गरेर कार्यान्वयन गर्न सक्नुपर्ने उहाले बताउनुभयो । साना तथा मझौला उद्योग, पर्यटनको क्षेत्रमा पनि बजेट सकारात्मक रहेको उहाँको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले बजेट कार्यान्वयन हुन सकेमा यस बजेटमा कुनै कैफियत नदेखेको प्रतिक्रिया दिनुभयो । राजनीतिक अस्थिरताका कारण राजनीतिक नेतृत्व अल्मल्लिएको अवस्था भएका कारण बजेट कार्यान्वयनमा भने चुनौती रहेको उहाँले बताउनुभयो । बजेटले सबै कुरा समेटेको उल्लेख गर्दै उहाँले आफुहरुको अधिकांश माग सम्बोधन भएको बताउनुभयो ।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल(टान) का अध्यक्ष खुम सुवेदीले पर्यटन व्यवसायसँग सम्बन्धित साना तथा मझौला व्यवसायीले तत्कालै ऋणको व्यवस्था खोजेको भएपनि बजेट मार्फत् सम्बोधन हुन नसकेको बताउनुभयो । यद्यपी, भ्याट छुट र पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने कुरा समेटिनु सकारात्मक भएको उहाँको टिप्पणी छ । आफुहरु बजेट कार्यान्वयनको पखाईमा रहेको उहाँले बताउनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष कृष्ण आचार्यले जलविद्युतको लागि बजेटमा कुनै आकर्षक योजना नआएको बताउनुभयो । विद्युत खपत कति बढाउने भन्दापनि विद्युत अब चाहिँदैन भन्ने सरकाले सोच राखेको उहाँको भनाई छ । आफुहरुको माग अनुसार भ्याट फिर्ताको कुरा सम्बोधन नभएको बताउनुभयो । सर्बे लाइसेन्स नविकरण गर्न लाग्ने महशुल छुट दिने र समस्याग्रस्त आयोजनालाई सम्बोधन गर्ने कुरा बजेटले गर्न नसकेको पनि उहाँले बताउनुभयो । आ.व. २०७८/०७९ को बजेटले विद्युत व्यापारमा विद्युत प्राधिकरणको एकाधिकारलाई तोडेर नीजि क्षेत्रलाई पनि बाटो खुला गरिनुलाई सकारात्मक रुपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

कम्युटर एशोसिएसन नेपालका अध्यक्ष नवराज कुँवरले बजेटले सुचना प्रविधिको विकासको निम्ति ठोस विषय नल्याएको प्रतिक्रिया दिनुभयो । सुचना प्रविधि क्षेत्रका व्यवसायी निराश बनेको उहाँले बताउनुभयो । इन्टरनेटको महशुल घटाउनुपर्ने, अप्टिकल फाइबर ल्याउँदा राजस्व घटाउनुपर्ने, सात प्रदेशमा आइटी पार्कको अवधारणा, नेपालमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिने र सुचना प्रविधिका सामग्रीहरुका भन्सार रेटमा परिवर्तन गर्ने लगायतका कुराहरु बजेटमा नपर्नु दुखद भएको उहाँको टिप्पणी छ ।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले अघिल्लै वर्षको बजेटलाई निरन्तरता दिईएको बताउनुभयो । आफुहरुले कोभिड अवधिभरको कर छुट र बैंकको व्याज छुट हुनुपर्ने माग राखिएको भएपनि सम्बोधन नभएको उहाँले बताउनुभयो । कतिपय कुराहरु समावेश भएको भएपनि कार्यान्वयन प्रक्रिया निकै नै जटिल हुने गरेका कारण लाभान्वित हुन कठिन हुने गरेको पनि उहाँले बताउनुभयो ।

आफुहरुले उठाएको महिला कर्जाको कुरा बजेटले नसमेटेको उहाँले बताउनुभयो । समग्रमा साना तथा घरेलु उद्योगी व्यवसायीका लागि बजेट सन्तोषजनक नै रहेको कार्यबाहक अध्यक्ष सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com