काठमाडौँ, ११ जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ ।मंगलबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारले जारी गरेको कोभिड संकट अध्यादेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
खाद्यान्न र निर्माण सामाग्री ढुवानीलाई स्थगित गर्ने, सार्वजनिक तथा निजी निर्माण पनि रोक्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो । बैंक तथा वित्तिय संस्थाको हकमा वाणिज्य बैंक र विकास बैंकका शाखालाई सीमित रुपमा खुल्न दिने निर्णय भएको छ । उपत्यकाका तीन जिल्ला प्रशासनले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म रहने निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्