ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा कोरोना नियन्त्रण तर्फ : पछिल्लो २४ घण्टामा ४ लाख ६४ हजार संक्रमित, करिव ६ लाख निको


एबीसी / संवाददाता

काठमाडौ, १० जेठ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा केही हदसम्म सफलता मिल्दै गइरहेको छ । कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकालाई अहिलेसम्म आइपुग्दा ठूलै सफलता मिलिरहेको छ । विश्वमा दैनिक सात लाखभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए । दैनिक १२ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको थियो ।

तर केही दिनयता सङ्क्रमण र मृत्यु दर घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा विश्वमा चार लाख ६४ हजार छ सय ४२ जनामा सङ्क्रमण यकिन भयो । सङ्क्रमित सङ्ख्या १६ करोड ७५ लाख दुई हजार छ सय २१ पुगेको छ ।

विश्वमा कोरोनामुक्त हुनेको सङ्ख्या पनि बढ्दै छ । जम्मा सङ्क्रमितको तुलनामा उपचाररतको अवस्था थोरै छ । गम्भीर अवस्थाका सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १४ करोड ८५ लाख ४७ हजार आठ सय ९३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड ५४ लाख ७७ हजार एक सय ३५ जनाको उपचार भइरहेकोमा ९६ हजार नौ सय ९२ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा ५ लाख ९९ हजार ६९९ जना निको भएका छन् ।

विश्वमा पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ७० सङ्क्रमितको मृत्यु भयो । यसअघि दैनिक १२ हजारभन्दा बढीको मृत्यु हुने गरेकोमा त्यो सङ्ख्या क्रमस घट्दै गइरहेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ३४ लाख ७७ हजार पाँच सय ९३ जनाको मृत्यु भइसकेको छ ।

अमेरिका विश्वमा अहिलेसम्म कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो । तर पछिल्लो समय कोरोना नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरिरहेको छ । दैनिक अमेरिकामा ५० हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका थिए । दुई हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको थियो ।

पछिल्लो २४ घण्टामा १२ हजार नौ सय ३२ जनामा मात्रै सङ्क्रमण पुष्टि भयो । यो सङ्ख्या यसअघि भेटिन सङ्क्रमितको भन्दा निक्कै कम हो । सङ्क्रमित सङ्ख्या तीन करोड ३८ लाख ९५ हजार छ सय ५९ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ७५ लाख एक हजार तीन सय ७८ जना उपचारपछि निको भएका छन् । ५७ लाख ९० हजार दुई सय एक जनाको उपचार भइरहेकोमा छ हजार नौ सय ८६ अमेरिकी नागरिकको अवस्था चिन्ताजनक छ ।

अमेरिकामा एकै दिन दुई सय २० सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या यसअघि मृत्यु हुने सङ्क्रमितको भन्दा निक्कै कम हो । अमेरिकामा हालसम्म कोरोनाका कारण छ लाख चार हजार ८० जनाको मृत्यु भइसकेको छ ।

छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख २२ हजार आठ सय ३५ जनामा कोरोना यकिन भयो । यो सङ्ख्या अन्य मुलुकमा २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको भन्दा अत्याधिक धेरै हो । विश्वमा दैनिक सङ्क्रमण पुष्टि हुनेमध्ये आधाभन्दा बढी भारतीय नागरिक हुने गरेका छन् ।

भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ६७ लाख ५१ हजार छ सय ८१ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ३७ लाख २० हजार नौ सय १९ जना उपचारपछि निको भएका छन् । २७ लाख २७ हजार ११ जनाको उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ को अवस्था गम्भीर छ ।

कोरोनाका कारण विश्वमा प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको मुलुक भारतमा एकै दिन चार हजार चार सय ५५ जनाको मृत्यु भयो । यो सङ्ख्या पनि अन्य मुलुकमा ज्यान गुमाएका सङ्क्रमितको भन्दा धेरै हो । भारतमा अहिलेसम्म कोरोनाका कारण तीन लाख तीन हजार सात सय ५१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको ब्राजिलले पनि कोरोना सङ्क्रमण नियन्त्रणमा क्रमस सफलता प्राप्त गरिरहेको छ । यसअघि एकै दिन ५० हजारभन्दा नयाँ बिरामी थपिने गरेका थिए । दुई हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो ।

तर पछिल्लो २४ घण्टामा ब्राजिलमा ३५ हजार आठ सय १९ जना नयाँ सङ्क्रमित थपिए । जम्मा सङ्क्रमित सङ्ख्या एक करोड ६० लाख ८३ हजार दुई सय ५८ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ४४ लाख ६२ हजार चार सय ३२ जनाको उपचार सफल भएको छ ।

उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ११ लाख ७१ हजार सात सय ५८ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा २४ घण्टाभित्र सात सय ७७ जनाको मृत्यु भयो । यो सङ्ख्या यसअघि ब्राजिलमा दैनिक मृत्यु हुने सङ्क्रमितको भन्दा निक्कै कम हो । अहिलेसम्म कोरोनाका कारण ब्राजिलमा चार लाख ४९ हजार ६८ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com