ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिले गरेका काममाथि कुनै उजुरी लाग्दैन : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताउनुभएको छ । आइतवार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उहाँले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताउनुभएको हो । राष्ट्रपतिले गरेको निर्णयविरुद्ध मोर्चाबन्दी गरेर मुद्दा हाल्ने प्रयास भइरहेको खबर आफूले सुनेको भन्दै उहाँले जति जनाले मुद्दा राखे पनि त्यसको अर्थ नरहने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मोर्चा कसेर मुद्दा हाल्ने रे रु सच्चाइका लागि एक जनाले हाले पनि, धेरैले मोर्चा कसेर हाले पनि त्यही हो । सच्चाइ–सच्चाइ नै हो । न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको कुनै अर्थ हुँदैन । राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने ठाउँ हो, त्यसमा कुनै उजुरी लाग्दैन ।’

नेपाली कांग्रेसका सभापति देउवाले आफू प्रधानमन्त्री बन्न अरू दलका सांसदको र्किते हस्ताक्षर गरेर लगेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । उहाँले भन्नुभयो, र्किते नाम लिएर राष्ट्रपतिकोमा जानु, प्रधानमन्त्री बन्नका लागि अरू पार्टी बागी विद्रोही सिर्जना गर्नु । नेकपा एमालेका केही मानिसलाई उकासेर । धेरैले आफूले हस्ताक्षर नगरेको भनेर विज्ञप्ति निकालेका छन् । लोकतन्त्र भनेको अनुशासित प्रणाली हो । अराजकता होइन । अनुशासनहिनता होइन । जसपाबाट ३२ जना सांसद भएको ठाउँमा १२ जनालाई हस्ताक्षर गराएर, पार्टी अनुशासन तोडाएर, विभिन्न खालका अनुचित हत्कण्डा प्रयोग गरेर । यो परिपाटी बसाउँदै जाने हो भने हामी कहाँ पुग्छौँ रु

उहाँले संसदीय गणितमा फोहोरी खेल भएको र सांसद किन्ने र बिक्री हुने प्रवृत्ति छताछुल्ल भएको हुँदा पनि आफू भने संसद् विघटन नहोस् भनेर जसपाको र आफ्नो ९नेकपा एमालेको० पत्र लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिकोमा पुगेको बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘संसद्को मौजुदा गणित फोहोरी खेलको माध्यम भयो । देशको आवश्यकता र संसदको मौजुदा गणित भिन्न भयो । दलीय अनुशासनको कुनै अर्थ छैन । बिकेर विपक्षी दलको प्रधानमन्त्री बनाउने भनेर कुदेको छ । पवित्र गौ दान गर्न कुदेको होला रु संसदमा गणित अशक्त र भद्रगोल भइसकेको अहिलेकै स्थितिले देखाएको छ । आफ्नो र महन्थ ठाकुर र राजेन्द्र महत्त्वको हस्ताक्षरसहितको समर्थनमा एक सय ५३ सिटको दाबी लिएर म राष्ट्रपतिकोमा गएँ । संसद् विघटन नहोस्, वैकल्पिक सरकार दिन सकियोस् भनेर ।’

वैकल्पिक सरकारका लागि कहीँ कतै अवरोध नभएको र दुवै पक्षले तोकिएको समयमा आफ्नो दाबी गरेको भन्दै उहाँले समयलाई लिएर आलोचना गर्नु आलोचनाका लागि आलोचना मात्रै भएको बताउनुभयो ।

पर्सनल डान्स गर्ने छुट छैन

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयासमा फर्जी हस्ताक्षर लिएर, दूषित अभ्यास गरी, दूषित कागज राष्ट्रपति कार्यालयमा बुझाएको टिप्पणी गर्नुभयो । आफूले मैले दाबी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर सभापति देउवाले पनि लिएर गएपछि राष्ट्रपतिले आफ्नो दाबी प्रति पनि विश्वास नगर्नुभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उनीहरूले कन्फ्युजन सिर्जना गरेकाले आफ्नो दाबीलाई राष्ट्रपतिले विश्वास गर्न नसकेको उहाँको तर्क थियो ।

ओलीले लोकतान्त्रिक व्यवस्थामा दलीय अनुशासन हुनुपर्ने भन्दै दलीय अनुशासनभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्नुभयो । लोकतन्त्र अनुशासित , मर्यादित र सामूहिक व्यवस्था भएको भन्दै उहाँले वुद्धि र प्रतिष्ठाको मिस युज गरेर बुद्धिजीवीले पूर्वाग्रहका साथ संविधानको अपव्याख्या गरी संविधानमाथिको निष्ठामा आँच पुराउने काम गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘दलीय अनुशासन तोडेर व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन दलीय व्यवस्था । पर्सनल डान्सको कुनै अर्थ छैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com