काठमाडौँ, ९ जेठ । राष्ट्रपति कार्यालयले हटाएका पछिल्ला तीन विज्ञप्ति फेरि कार्यालयको वेबसाइटमा राखेको छ । बिहान कार्यालयले वेबसाइटबाट प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा, प्रधानमन्त्रीमा केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी नपुगेको र नेपालको संविधानको धारा ७६ (५) अनुरुप सरकार गठनको आह्वान भएका विज्ञप्ति हटाइएको थियो । अहिले फेरि तीन वटै विज्ञप्ति कार्यालयको वेबसाइटमा देखिन्छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ५ जेठमा ७६(५)को सरकार बनाउन बहुमत पुग्ने आधारसहित दाबी पेस गर्न एक दिनको समय दिएर विज्ञप्ति जारी गर्नुभएको थियो । भने शनिबार बिहानै एक बजे प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा, प्रधानमन्त्रीमा केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबी नपुगेका विज्ञप्ति जारी गरेको थियो । विपक्षी दलहरू राष्ट्रपतिको निर्णय असंवैधानिक भन्दै आज सर्वोच्च अदालन जाने तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्