काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति कार्यालय शितल निवासमा पुग्नु भएको छ । उहा नयाँ सरकार बनाउने दाबी प्रस्तुत गर्न विपक्षी गठबन्धनभन्दा पहिले नै शितल निवास पुगेको बताइएको छ। जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै प्रधानमन्त्रीलाई बुझाइसकेको एक स्रोतले जनाएको छ । हामीले चाहिने जति हस्ताक्षर हिजै बुझाइसकेका छौं। प्रधानमन्त्री ओली त्यही लिएर जानुभयो होला। राष्ट्रपतिले ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ होला,’ ती सांसदले भन्नुभयो । यता विपक्षी गठबन्धनबाट १४९ सांसदको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीमा दाबी पेश गर्न शितल निवास जानुभएको छ । उहाँलाई एमालेका २७ र जसपाका १३ सांसदले साथ दिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्