काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनुभएको छ । कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी ९जसपा०को सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने देउवाको तयारी छ ।
यसका लागि अहिले कांग्रेस संसदीय दलको कार्यालयमा चार पक्षका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ । उक्त छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुनुहुन्छ । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा। शशांक कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्