काठमाडौं, ७ जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो । छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ ९५० अनुसार नयाँ सरकार गठनका निम्ति समय दिनुभएको छ । समय सकिदै जाँदा दलहरुले एकपक्षीय तथा बहुपक्षीय छलफल तीव्र बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्