काठमाडौं, ७ जेठ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिनुभएको छ । त्यसबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको साहले बताउनुभयो। बैठक अघि अध्यक्ष पुष्पकमल दाहालले अन्य दलका नेताहरुसँग पनि छलफल गर्ने तयारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि माओवादीले त्यसलाई संसद् विघटन हुँदै संविधान सिध्याउन खोजेको आरोप लगाईएको छ ।
प्रतिक्रिया दिनुहोस्