ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा छ लाख १८ हजारभन्दा बढी सङ्क्रमित थपिए, भारतमा पछिल्लो २४ घण्टामा चार हजार ९० सङ्क्रमितको मृत्यु


एबीसी / संवाददाता
जेष्ठ २, २०७८ आईतबार  ६ : १९ बजे

काठमााडौं, २ जेठ । विश्वमा एकै दिन छ लाख १८ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ।२४ घण्टाभित्र साढे ११ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भयो । एकै दिन छ लाख १८ हजार दुई सय २१ जना नयाँ बिरामी थपिँदा विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ करोड ३१ लाख ५२ हजार आठ सय २८ पुगेको छ ।सङ्क्रमितमध्ये १४ करोड २५ लाख ५८ हजार सात सय ४१ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।एक करोड ७२ लाख ११ हजार दुई सय ९४ जना सङ्क्रमित उपचार गराइरहेका छन् । उपचाररतमध्ये एक लाख तीन हजार दुई सय २९ जनाको अवस्था चिन्ताजनक छ ।विश्वभर २४ घण्टाभित्र कोरोनाका कारण ११ हजार छ सय २३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३३ लाख ८२ हजार सात सय ९३ पुगेको छ ।कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा २४ घण्टाभित्र २५ हजार ६२ जना नयाँ बिरामी थपिए । अमेरिकामा दैनिक सङ्क्रमण घट्दो क्रममा रहेको छ ।

सङ्क्रमित सङ्ख्या तीन करोड ३६ लाख ९५ हजार तीन सय ३६ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ७० लाख ९७ हजार पाँच सय ९७ जना उपचारपछि निको भएका छन् ।५९ लाख ९७ हजार नौ सय जनाको उपचार भइरहेको छ । कोरोनाको सङ्क्रमण भएर उपचाररतमध्ये आठ हजार दुई सय ६२ जना अमेरिकी नागरिकको अवस्था गम्भीर छ ।एकै दिन चार सय ८८ जना सङ्क्रमितको अमेरिकामा मृत्यु भयो । अमेरिकामा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । हालसम्म कोरोनाका कारण अमेरिकामा पाँच लाख ९९ हजार आठ सय ३९ जनाको मृत्यु भइसकेको छ ।

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा एकै दिन तीन लाख १० हजार आठ सय २२ जना नयाँ बिरामी थपिए । भारतमा पनि यसअघि दैनिक चार लाखभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए ।पछिल्लो समय सङ्क्रमण दर कम हुँदै गइरहे पनि भारतमा तीव्र रुपमा फैलिएको कोरोनाले सङ्कटपूर्ण अवस्थाको सिर्जना गरिरहेको छ । भारतमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड ४६ लाख ८३ हजार ६५ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड सात लाख ८९ हजार ३८ जना उपचारपछि निको भएका छन् । ३६ लाख २३ हजार सात सय आठ जनाको उपचार भइरहेको छ ।उपचार गराइरहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारतमा पछिल्लो २४ घण्टाभित्र चार हजार ९० सङ्क्रमितको मृत्यु भयो ।

भारतमा दैनिक चार हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको छ । सामान्य उतारचढावबाहेक भारतमा मृत्यु दर कम हुन सकिरहेको छैन ।हालसम्म कोरोनाका कारण दुई लाख ७० हजार तीन सय १९ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा २४ घण्टाभित्र ६९ हजार तीन सय नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ५५ लाख ९० हजार छ सय १३ पुगेको छ ।सङ्क्रमितमध्ये उपचारपछि एक करोड ४० लाख ६२ हजार तीन सय ९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १० लाख ९३ हजार तीन सय ६५ जना सङ्क्रमित अहिले पनि ब्राजिलमा उपचाररत छन् ।

उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिलमा २४ घण्टाभित्र दुई हजार ६७ सङ्क्रमितको मृत्यु भयो ।ब्राजिलमा पनि दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्यामा घटबढ भइरहेको हुन्छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि गरिएको प्रयास सफल हुननसक्दा ब्राजिलमा पनि समस्या भइरहेको छ ।अहिलेसम्म कोरोनाका कारण चार लाख ३४ हजार आठ सय ५२ जनाको मृत्यु भइसकेको छ । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

सम्बन्धित

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

प्रलोपाको ‘व्यवस्था परिवर्तन’ प्रतिबद्धता (पूर्णपाठ)

रास्वपा निर्वाचनमा ‘नागरिक करारपत्र’ : दलीयकरण अन्त्य, उच्च आयोग गठनको वाचा

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com